शिक्षा ऐन नआउँदा प्रदेश र पालिकालाई समस्या भयो « Khabarhub

शिक्षा ऐन र संघीयता बहस-३

शिक्षा ऐन नआउँदा प्रदेश र पालिकालाई समस्या भयो

‘स्थानीय तहका जनप्रतिनिधि तलब बाड्ने काममा मात्रै केन्द्रित भए’



हिजोको दिनमा रहेको शिक्षा ऐनले अभिभावक संघलाई दिएको स्थान अहिलेसम्म एउटा पनि उपलब्ध नभएकोले हामी आफै अहिले आफ्नो अस्तित्व रक्षाका लागि लडिरहेका छौँ ।

हामीले सामुदायिक विद्यालयको तर्फबाट धेरै कुराहरू सुन्यौँ । त्यतिकै समस्या सामुदायिक विद्यालय र संस्थागत विद्यालयका छन् । तर, स्थानीय निकायमा गएपछिको जुन पाठ्यक्रम छ । त्यसमा म केही बुँदा राख्न चाहन्छु ।

संविधानको अनुसूची ५ ले स्थानीय निकायलाई आधारभूत शिक्षा र माध्यमिक शिक्षाको अधिकार सुम्पेको छ । जहाँ संघीय शिक्षा ऐन नै बनेको छैन । संविधानकै अनुसूची अनुसार काम गर्नु परेको छ ।

संविधान भनेको एउटा परिकल्पना भिजन हो । त्यसलाई व्याख्या गर्ने काम त ऐनले गर्दछ । ऐन छैन । संविधानलाई टेकेर मात्र हामी काम गरिरहेका छौँ । त्यसमा कानुनको वा कार्यान्वयन पक्षकै कमजोरी देखियो ।

स्थानीय निकायहरू तलब बाँड्ने काममा मात्र केन्द्रित भएका छन् । शिक्षकहरूले पनि स्थानीय निकायप्रति के गर्छन् ? भनेर नजर अन्दाज गरेका छन् ।

क्षमता अभिवृद्धिमा स्थानीय वा प्रदेश लागेको देखिएन । विषयको विषयगत ज्ञान, सीप र प्रविधिको अभाव छ । त्यो बढाउने काम अधिकार प्राप्त स्थानीय निकायको हो । नाम नै तोकेर भन्दा मेयर साबको उहाँ समितिको अध्यक्ष हुनुहुन्छ।

उहाँको पुष्ठभुमि के हो काम थाहा नहोला तर पनि गर्नु परेको छ । त्यसैले क्षमता अभिवृत्तिमा पनि कमजोरी देखियो । स्थानीय पाठ्यक्रम निर्माणको केही हदसम्म आफ्नो प्रभुत्व गरेर भए पनि अगाडि बढेको छ । हामी अहिले नतिजा र कार्यान्वयन हेर्ने भयौँ । असर पछिका कुरा भए । पाठ्यक्रम निमार्ण भएको छ । तर यो दुई वटा मा कुनै चित्रण गर्न लायक छैन ।

शिक्षाको मिलान स्थानीय क्षेत्रमा कुनै विषय शिक्षक छ भने त्यसलाई त्यही नै मिलाउनु पर्दछ । भाषा, संस्कृति, परिचय र उसले दिने ज्ञानहरू नजिकको तानाले वा चिनेको नाताले पनि राम्रो होला । त्यसैले स्थानीय शिक्षकलाई मिलान गर्ने तर्फ पनि धेरै गुनासो स्कुलहरूमा हामीले पाएको छौँ ।

दरबन्दी मिलानको पनि अधिकार दिएको छैन र अधिकार दिएको पनि छैन । अभिभावकको पैसा तिर्ने लगानी गर्ने तर उसको भूमिका हुँदैन भन्दा हामी किन ताली पिट्छौँ । एउटा व्यवस्थापन समितिमा राखिएको सिट चाहिँ पूर्ति भएको छ । कसरी पूर्ति भएको छ ? को राखिएको छ ? त्यसमा हामी सबै जना जनाएर छौँ ।

अभिभावक भन्ने शीर्षकमा अभिभावक बसेको छन् । तर, कस्ता अभिभावक बसेको छन् भन्ने गम्भीर विषय हो । कुन अभिप्रायले राखिएको छ, हामी सबैलाई थाहा छ, त्यसैले अभिभावकलाई नजर अन्दाज गर्नु भएन । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएको अनुभूति भएको छैन । त्यसमा दोष हामी लिन चाहन्छौँ । तर, अन्य निकायले दोष दिने कि नलिने ? संघीय सरकारको पनि दोष छ।

जबसम्म संघीय सरकारले शिक्षा ऐन बनाउँदैन, हाम्रो संविधानको भाग २० मा संघीय सरकार स्थानीय सरकार प्रदेश सरकार भन्ने एउटा कोर्स राखिएको छ । त्यो पूरा हुँदैन । त्यसको अभिप्राय के हो भन्दा स्थानीय कानुन प्रदेश कानुनको प्रतिकुल हुने छैन । प्रदेश कानुन संघीय कानुनको प्रतिकुल हुने छैन भनेर बन्धन बाँधिएको छ ।

यस्तो त स्थानीय निकायहरूको हात बाँधिएको भयो । त्यसको मार अन्य क्षेत्रमा त पर्याे नै । तर धेरै शिक्षा क्षेत्रमा परेको छ । जुन विस्तारै परेको भएपनि गहिरो असर गरेको छ । त्यसैले यसको समीक्षा चाँडै गरेर सुधार गरेर जाऔँ भन्ने मेरो जोड हो ।

(खबरहबले आयोजना गरेको ‘संघीय शिक्षा ऐन र संघीतामा शिक्षाको सुधार’ विषयक कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य रामचन्द्र सुवेदीले राखेको धारणको सम्पादित अंशः)

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

यो पनि पढ्नुहोस्

शिक्षा ऐन र संघीयता बहस-१ : ‘संघीय शिक्षा ऐन सुटुक्क ल्याए अस्वीकार गर्छौ’

शिक्षा ऐन र संघीयता बहस-२ : ‘आधारभूत विद्यालयलाई हेरेर शिक्षा ऐन बनाउनुपर्छ’

https://www.facebook.com/watch/?v=1131315537785493

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : १६ बजे

कविन्द्रले भने- संसद् प्रभावकारी बनाउन दलहरूसँग छलफल थालिसकेका छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसद्लाई प्रभावकारी

बजाजको क्यूआर क्याम्पेन 

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड

पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार

एजेन्सी– पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा

उपसभामुखबारे अहिले निर्णयमा पुगेका छैनौँ : महामन्त्री बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर

काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ ।