बालबालिकालाई घमौराबाट यसरी जोगाउन सकिन्छ | Khabarhub Khabarhub

बालबालिकालाई घमौराबाट यसरी जोगाउन सकिन्छ



काठमाडौं- बर्षायामसँगै बढेको गर्मीले मधेसमा मात्र नभएर काठमाडौं उपत्यका लगायत पहाडी भेगमा समेत बालबालिकामा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेका छन् । हरेक दिन कयौँ बिरामीहरु घमौरा, घाउ, खटिरा र कीराको टोकाइबाट आउने एलर्जीको समस्या लिएर अस्पताल जाने चिकित्सकले बताएका छन् । गर्मी मौसममा अरु समयभन्दा तुलनात्मक रुपमा ब्याक्टेरियाको संक्रमणबाट हुने छालाका समस्या बढी देखिन्छन् । अहिले धेरैलाई सताएको घमौराका विषयमा छाला रोग विशेषज्ञ डा. ऋषभ त्रिपाठीसँग खबरहबकर्मी विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

गर्मीको समयमा छालामा कस्ता कस्ता समस्या देखिन्छन् ?

गर्मी महिनामा तापक्रम पनि बढ्छ र छालामा धेरै समस्या देखा पर्दछन् । घमौरा वा पसिनाको एलर्जी, रौँको इन्फेक्सनजस्ता समस्याहरू देखा पर्दछन् । सुख्खापनका कारणले छाला फुट्ने समेत हुन्छ ।

गर्मी समयमा घमौरा किन आउँछ ?

छालामा पसिना निकाल्ने जुन ग्रन्थि हुन्छ, उक्त ग्रन्थिको मुख थुनिएर पसिना भित्र रहन्छ । पसिना भित्र छिरेर छालाभित्र नै एक प्रकारको एलर्जी हुन्छ । बच्चामा पसिना निकाल्ने ग्रन्थि राम्रोसँग विकास नभएर पसिना बाहिर जान नपाउँदा घमौरा हुन्छ ।

ठूलो भएपछि पनि टाइट कपडा लगायो भने पसिना बाहिर जान पाएन भने घमौरा आउँछ । धेरै समयसम्म ननुहाउने मानिसमा डेथ सेल्सले पसिना निकाल्ने ग्रन्थिको मुख थुनिएको हुन्छ, कसैलाई ज्वरो आएको छ भने यस्तो अवस्थामा शरीरले एउटा रियाक्सन देखाउँछ। यो बच्चाहरूमा धेरै हुन्छ ।

घमौराले पछि कत्तिको जोखिम ल्याउँछ ?

कतिपय अवस्थामा आउँछ र जान्छ, घमौरा धेरै प्रकारका हुन्छन् । ग्रन्थिको मुखभित्र थुनिएर हुने हुनाले त्यो मुख कुन लेबलमा थुनिएको छ । एकदमै तल्लो लेबरमा थुनिएको छ भने फोकाहरु ठूलो ठूलो  आउँछ । अलि माथिल्लो लेबरमा छ भने कहिलेकाहीँ पानी फोका आउँछ । र, सबैभन्दा कमन आउने भनेको रातो रातो फोकाहरू जुन नर्मल घमौरा हो । कहिलेकाहीँ इन्फेक्सन पनि हुन्छ र स–साना पीपका फोकाहरू पनि देखिन्छ ।

यस्तो अवस्थामा एन्टीबायोटिक पनि खानु पर्दछ । साधारण रुपमा चिसो पानीले शरीर सफा गर्ने, क्रिमहरू लगाउने गर्दा ठिक हुन्छ ।

सरसफाइमा ध्यान दिएन भने पनि घमौरा हुन्छ ?

सरसफाइमा ध्यान दिएर मात्र पनि हुँदैन । कपडा टाइट लगाएको छ र पसिना बग्ने प्वालहरू टालियो भने घमौरा आउँछ । तर, सरसफाइमा ध्यान दिँदा अलि कम इन्फेक्सन हुन्छ ।

अस्पताल गएपछि यसको उपचार कसरी गरिन्छ ?

सबैभन्दा पहिला त यो धेरै ठूलो समस्या हैन भनेर सम्झाउनु पर्दछ । एउटा कपडामा चिसो पानी राखेर पनि पुछ्दा यो कम हुन्छ । नचिलाउने औषधिहरू पनि हुन्छ त्यो हामीले दिन्छौँ र त्यसले चिलाउन कम गर्छ । कसैको धेरै नै फैलिएको हुन्छ त्यस्तोमा स्टोरेज क्रिमहरू र कैलामाइन लोसनहरू लगाउन दिन्छौँ, जसले शीतलता प्रदान गराउँछ । र ठुलो ठुलो खटिरा आयो भने यान्टिबायोटिक पनि चलाउँछौँ ।

आफैले जुन पायो त्यही पाउडर प्रयोग गर्दा कस्तो असर गर्छ ?

कसैले छालालाई राम्रो सुख्खा बनाउन पाउडर प्रयोग गर्नुहुन्छ । त्यसले पनि पसिना निस्किने ग्रन्थि थुन्छ र झन बढ्न पनि सक्छ । त्यसैले ठिक्क चिसो पानीले नुहाउँदा ठिक हुन्छ । चिसो पानीमा रुमाल भिजाएर पुछ्यो भने घरमा नै ठिक हुन्छ । कैलामाइन लोसनहरूको प्रयोग गर्न सकिन्छ ।

गर्मी मौसममा छालामा सङ्क्रमण नहोस् भनेर पहिला नै के के गर्ने?

नियमित सरसफाइमा ध्यान दिने, कपडा लगाउँदा खुला र कटन कपडा लगाउने र घाममा निस्किदा पूरा कपडा लगाउने, प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । लोसन प्रयोग गर्ने, अनुहारका लागि सनस्क्रिन प्रयोग गर्ने, फेसवाशहरु प्रयोग गर्ने ।

छालालाई राम्रो बनाउन कस्तो खाना खाने ?

स्वास्थ्यका लागि जुन कुरा राम्रो हुन्छ त्यही खान सकिन्छ । भिटामिन ए, सी, र ई युक्त खाना खानु राम्रो मानिन्छ । फलफूल, जाँगर काँक्रो खाने गर्नुपर्छ । सकेसम्म बाहिरको खानेकुरा नखानु राम्रो हुन्छ ।

अन्त्यमा, के सन्देश दिन चाहनुहुन्छ ?

हरेक दिन सफा हुने,नुहाउने, कटनको कपडा लगाउने फेसवास सनस्क्रिनहरू प्रयोग गर्ने, खाना समयमा खाने शारीरिक व्यायाम गर्ने र सही तरिकाले बाँचौँ भन्न चाहन्छु । (प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ०० बजे

रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री

फुटबलमा उदाएका ब्राजिलियन जुनियर : जो ५० किलोमिटर बस चढेर प्रशिक्षणमा पुग्थे

रियल म्याड्रिडका लागि खेल्ने ब्राजिलियन सुपर स्टार भिन्सियस जुनियरले २४

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुनसरीको बराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद

काठमाडौं – सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट ९७ किलो

पूर्वप्रधानमन्त्री भट्टराईको जन्मजयन्ती : बालुवाटारबाट छाता लिएर डेरामा फर्किएको सम्झना

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती