जुम्ला कांग्रेस : ५३ जनाको नाम सिफारिस, सेजुवाल दुवैतर्फ  « Khabarhub

जुम्ला कांग्रेस : ५३ जनाको नाम सिफारिस, सेजुवाल दुवैतर्फ 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको हो ।

शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएर केन्द्रमा पठाएको पार्टी सचिव अर्जुनसिंह कठायतले बताए । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ  ६ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएको कांग्रेस जुम्लाले जनाएको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ देवेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल र जिल्ला पार्टी सभापति कर्णबहादुर शाहीको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ गीता शाही, जयहरी आचार्य, परेकलाल धर्ती, भिमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल र कान्तिका सेजुवालको नाम सिफारिस गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ अर्जुनसिंह कठायत, खड्कबहादुर सेजुवाल, दिनवन्धु श्रेष्ठ, लक्षिमन बोहरा, ललितजंग शाहीको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ उमा बुढा रावत, कार्मा बुढा, कौशिला नेपाली, गोविन्द्रबहादुर शाही, तुलबहादुर रावत, दीपक शाही, धनकृष्ण नेपाली, नेत्रकला शाही र दिलबहादुर महतको नाम सिफारिसमा परेको छ ।

त्यसै गरी पुन्नकली महतारा, वीरेन्द्रबहादुर मल्ल, विष्णुबहादुर सुनार, महेन्द्र कार्की, रतनसिंह बुढा, लक्ष्मी कार्मी, माया सार्की, श्रीकृष्ण कार्मी, रामकृष्ण न्यौपाने र जंगविर नेपालीको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।

प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ दिपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस भएको जनाएको छ ।

समानुपातिकतर्फ धनबहादुर बस्नेत, अकलबहादुर शाही, उर्मिला खत्री भण्डारी, गगनबहादुर रोकाया, चक्रबहादुर शाही, नरविर रावत, छत्रबहादुर शाही, विश्वराज काफ्ले, लक्ष्मीप्रसाद आचार्य, तुंगनाथ उपाध्याय, नवराज शर्मा र रविलाल आचार्यको नाम सिफारिस भएको कांग्रस जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ३९ बजे

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि