कतार विश्वकपमा मदिरा किनबेच गर्न पाइने « Khabarhub

कतार विश्वकपमा मदिरा किनबेच गर्न पाइने



दोहा – कतारमा आयोजना हुने विश्वकप-२०२२ मा मदिरा बिक्री वितरण हुने भएको छ। फिफा र कतारले अन्ततः विश्वकपमा मदिरा बिक्री गर्ने निर्णय गरेको हो।

कतारमा विश्वकपका आयोजकले मुस्लिम बाहुल्य देशका स्टेडियम र फ्यान जोनमा फुटबल प्रशंसकलाई मदिरासहित बियर बिक्री गर्नदिने नीतिलाई अन्तिम रूप दिएको हो।

फिफाले शनिबार फ्यानलाई आठ स्टेडियमको कम्पाउन्डभित्र अल्कोहलसहित बुडवेइजर बियर किन्न अनुमति दिइने जनाएको छ। कतारी स्टेडियममा आतिथ्य ग्राहकका लागि च्याम्पेन, वाइन, रक्सी र बियरमा पहुँचको आश्वासन दिने खेल टिकटहरू ‘प्रिमियम पेय पदार्थहरू’ प्रस्ताव गर्ने कर्पोरेट प्याकेज भागको रूपमा फेब्रुअरी २०२१ देखि बिक्रीमा छन्।

बुडवेइजर १९८६ देखि विशेष विश्वकप बियर ब्रान्ड भएको छ। मूल कम्पनी एबी इनबेभले कतारलाई आयोजकको रूपमा पुष्टि गरेपछि २०११ मा फिफासँग २०२२ सम्म आफ्नो सम्झौता नवीकरण गरेको जनाएको छ।

मदिरा सहितको बुडवेइजर ‘किकअफ हुनु अघि र अन्तिम सिटीपछि’ स्टेडियम क्षेत्र भित्र बेचिने फिफालाई उद्धृत गर्दै न्युयोर्क पोष्टले जनाएको छ।

ूरङ्गशाला भित्र बाउल टिकट भएकाले गैरअल्कोहल बडवेजर शून्यमा पहुँच पाउनेछन्। फुटबलको विश्व निकायले भने फिफा फ्यान फेस्टिवलमा बडवेजर साँझ ६ः३० बजेबाट खरिद गर्न उपलब्ध हुने उल्लेख गरेको छ।

कतारले आगामी नोभेम्बर २० देखि सुरु हुने २९ दिने प्रतियोगिताको लागि मदिराको नियमन खुकुलो गर्नुपरेको हो। यो सानो क्षेत्रमा अन्य ३१ राष्ट्रका प्रशंसकसहित १ मिलियन भन्दा बढी दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यस विषयमा कतारको आयोजक समिति र एबी इनबेभले भने प्रतिक्रिया दिन अस्वीकार गरेको जनाएको छ। मध्यपूर्वका केही देश भन्दा कतारमा धेरै रक्सी उपलब्ध छ, यद्यपि यो केवल लाइसेन्स भएका होटल रेस्टुरेन्ट र बारहरूमा पाइन्छ। अन्यत्र रक्सीको उपभोग गर्नु गैरकानुनी मानिन्छ।

कतारले युरोपको तत्कालीन च्याम्पियन लिभरपुल, दक्षिण अमेरिकी च्याम्पियन फ्लेमेन्गो र मेक्सिकन क्लब मोन्टेरेलाई समावेश गर्ने २०१९ क्लब विश्वकपसहित खेल फुटबलमा आफ्नो मदिरा नीतिको परीक्षण गरेको थियो।

कतार मदिरामा आफ्नो अडान कम गर्ने पहिलो विश्वकप आयोजक भने होइन यसअघि २०१४ ब्राजिलमा भएको बिश्वकपमा फिफाको दबाबले स्थानीय सांसदहरूले टूर्नामेंटलाई स्टेडियममा रक्सी बेच्न प्रतिबन्धबाट छुट दिने विशेष विधेयक पारित गर्न नेतृत्व गरेका थिए।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : ४३ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण