‘द कलेज एम्बेसडर २०२२’ को उपाधि अधिश र आलियालाई « Khabarhub

‘द कलेज एम्बेसडर २०२२’ को उपाधि अधिश र आलियालाई


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘द कलेज एम्बेसडर २०२२’ को उपाधि विजेता अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिलातर्फको उपाधि चुमेका हुन् ।

रसियन कल्चर सेन्टर कमलपोखरीमा सम्पन्न प्रतियोगितामा फष्ट रनरअप सलिना महाराजन (किस्ट कलेज) र नरेश सुनाम (काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट) चुनिदा सेकेन्ड रनरअप मनिषा प्रधान (गोल्डेन गेट) र निरञ्जन पोखरेल (किस्ट कलेज) घोषित भए । विजेताले उपाधिका साथमा विभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।

कार्यक्रम व्यवस्थापन र चलचित्र निर्माणलगायत कार्यमा एक दशक बढी समयदेखि क्रियाशील ग्रीन आर्ट्स मिडियाले नेपालको इतिहासमा सन् २००७ देखि सुरु गरेको ‘द कलेज एम्बेसेडर’ को यो ११औं संस्करण हो ।

विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू महेन्द्रप्रसाद जोशी, रोहिया महर्जन, दिवास योन्जन, स्वप्निल सिंह निर्णायक रहेको प्रतियोगिताको फाइनलमा ८ महिला र ८ पुरुष रहेका थिए।

कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुँदै आएको ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले बताए ।

प्रतियोगितामा मष्टफोटोजेनिक सदिच्छा ताम्राकार (कुसोम), मष्टट्यालेन्ट आलिया खान (द टाइम्स इन्टरनेशनल कलेज) मष्टपपुलर सुवे महर्जन (नाइटिंगेल इन्टरनेशनल कलेज), मष्टडिसिप्लेन सतजलबाबु सापकोटा (गोल्डेन गेट इन्टरनेशनल कलेज), बेष्टड्रेस अञ्जना धमला (ह्वाइटफिल्ड इन्टरनेशनल कलेज) मष्टफ्रेण्डी शिखिन तुलाधर (सेन्टपल स्कूल), वेष्टपफमेन्स सिजल महर्जन (साउथ वेस्टर्न कलेज), बेष्टस्माइल बिनिशा प्रधान (गोल्डेन गेट इन्टरनेशनल कलेज), चार्मिङ पर्सनालिटी सलिना महर्जन (किस्ट कलेज), मष्ट इन्टिलेक्च्युअल नरेश सुनाम (काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट), बेष्टस्पिकर निराजन पोखरेल (किस्ट कलेज) ले हासिल प्राप्त गरे ।

समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विभिन्न विषयमा आफूलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिएका प्रतियोगीको कोरियोग्राफी मिसेन युनिभर्स नेपाल २०१९ की विजेतासमेत रहेकी अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी थिइन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ५१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह