उपेन्द्र यादव पर्सा क्षेत्र नं ४ बाट पनि सिफारिस « Khabarhub

उपेन्द्र यादव पर्सा क्षेत्र नं ४ बाट पनि सिफारिस


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आसन्न सङ्घीय निर्वाचनका लागी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पार्टीले यादवको नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिएका छन् । उनको नाम सिरहा र बारामा दुई–दुईवटा क्षेत्रबाटै सिफारिस भएको छ।

यादव २०७४ को प्रतिनिधिसभाको चुनावमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनले माओवादी केन्द्रका उमेशकुमार यादवलाई हराएका थिए ।

केही दिनअघि यादवले आगामी चुनाव कहाँबाट लड्ने निश्चित नभएको बताएका थिए । सप्तरीमा विगतको जस्तो चुनाव जित्ने सम्भावना नदेखेपछि यादवले ठाउँ फेर्नु परेको केही नेता बताउँछन् ।

संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादवले दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरीबाट विजयी भएका थिए।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : ५२ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका