पाकिस्तानमा बाढीका कारण हजारौं जनाले ज्यान गुमाएका छन्। वातावरणविद्ले भने जलवायु परिवर्तनको कारण आउन सक्ने दुर्घटनाका लागि पाकिस्तानको घटना ‘वेकअप कल’ मात्र भएको जनाएका छन्। गरिब देश मात्र होइन, कीर्तिमान नै राख्ने खालको बाढी पहिरोको कारण संसारका कुनै पनि देश खतरामा पर्न सक्ने चेतावनी वैज्ञानिकले दिन थालेका छन्।
शुक्रबार मात्र पाकिस्तानमा बाढी पीडित दुई हजार जनाको उद्धार गरिएको थियो। देशको आधा अन्न खेती नै नास भएपछि अब गम्भीर खाद्य संकट उत्पन्न हुनसक्ने चिन्ता त्यहाँका मन्त्रीले व्यक्त गरेका छन्।
संसारको ग्रिनहाउस ग्यास उत्पादनमा पाकिस्तानको १ प्रतिशत भन्दा कम योगदान छ। त्यही देश जलवायु परिवर्तनको कारण आउने सङ्कटका कारण धेरै जोखिममा पर्नु साँच्चै दुखद हो। जलवायु मन्त्री सेरी रेहमानका अनुसार पाकिस्तानको एक तिहाइ भूमि पानी मुनी झैँ भएको छ। यस अवस्थामा हरेक व्यक्तिले जोखिमको महसुस गर्न थालेका छन्। एकै देशमा दुई भिन्न मौसमीय अवस्था रहेको पाकिस्तान संसारकै आश्चर्यमय देश हो। एकातिर उत्पात गर्मी र तातो हावा आउने त्यही समयमा देशको अर्को स्थान मुसल धारे वर्षाले प्रभावित हुनु पाकिस्तानको नियती नै हो।
संसारको ग्रिनहाउस ग्यास उत्पादनमा पाकिस्तानको १ प्रतिशत भन्दा कम योगदान छ। त्यही देश जलवायु परिवर्तनको कारण आउने सङ्कटका कारण धेरै जोखिममा पर्नु साँच्चै दुखद हो।
पाकिस्तानका धेरै बासिन्दा सिन्धु नदीको सेरोफेरोमा बस्छन्। यस कारण पनि उनीहरू जुनसुकै समयमा बाढीको जोखिममा पर्न सक्छन्। अहिले जलवायु परिवर्तनका असर सामान्य हुन थालेका छन्। ग्लोबल वार्मिङका कारण हावा र समुद्रको तापक्रम बढी रहेको छ।
तातो हावाका कारण बादलमा रहेका कणमा आर्द्रता धेरै हुन्छ। त्यसै कारण सिमसिम पानी भन्दा मुसलधारे पानीको सम्भावना बढी हुन्छ। यसको असर पाकिस्तानमा देखिएको छ भने भने छिमेकी देशमा पनि यसको असर कुनै पनि समय देखिन सक्नेछ।
यस क्षेत्रको गृष्मकालीन मनसुन सिजनमा औसत भन्दा बढी वर्षा हुने सम्भावना धेरै रहेको ‘पाट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का आट्जा काटजेनबर्गरले बताएका छन्। हिमनदीका कारण पाकिस्तानमा जोखिम अझ बढ्दो छ। पाकिस्तानको उत्तरी क्षेत्र उत्तरी ध्रुवबाहेक संसारमै सबै भन्दा बाक्लो हिउँ भएको स्थान पनि हुनसक्छ।
तातो बढेसँगै हिउँ पग्लिने क्रम पनि बढेको छ। पाकिस्तानको बालचीस्तान र खाइबर पख्तुन्वा क्षेत्रमा हिउँ एकदमै तीव्र गतिमा फैलिरहेका छन्। यी नै मध्यका ३३ हिमताल जुनसुकै समयमा फुट्न सक्ने जोखिममा छन्। यसो भएमा ७० लाखको जीवन नै जोखिममा पर्न सक्नेछ। भौतिक संरचनालाई बलियो बनाएर पाकिस्तानी सरकाले जोखिम कम गर्ने प्रयास गरेको छ भने यसमा संयुक्त राष्ट्र संघले पनि साथ दिइरहेको छ।
पाकिस्तानका धेरै बासिन्दा सिन्धु नदीको सेरोफेरोमा बस्छन्। यस कारण पनि उनीहरू जुनसुकै समयमा बाढीको जोखिममा पर्न सक्छन्। अहिले जलवायु परिवर्तनका असर सामान्य हुन थालेका छन्।
विगतमा कमजोर भौतिक संरचना भएका गरिब देश मात्र बाढीको कारण धेरै क्षति बेहोर्न बाध्य भए पनि अब त्यसमा सीमित नहुने सम्भावना बढी छ। जलवायु वैज्ञानिक फहाद सहिदका अनुसार धनी देशमा पनि विनाशकारी बाढीका कारण क्षति हुन सक्ने चेतावनी दिन्छन्।
‘अहिले धेरै फरक देखिएको छ। बाढीको मात्रा पनि त्यसैगरी बढेको छ। पानी पनि त्यसै गरी बढेको छ। यस कारण जस्तो भौतिक संरचना बनाए पनि जोगिनका लागि धेरै सङ्घर्ष गर्नु पर्नेछ,’ सहिदले भने। उनले जर्मनी र बेल्जियममा गत वर्ष गएको बाढीका कारण दर्जनको ज्यान गएको पनि स्मरण गराए। जुनदेखि अगस्टको बीचमा पछिल्लो ३० वर्षको औसत भन्दा १९० प्रतिशत बढी पानी परेको थियो।
उनकै विचारमा पाकिस्तानको जलवायु अध्ययन विभागले केही सकारात्मक काम गर्दै आएको थियो। मानिसलाई सचेत गराएर जोखिम कम गराउने काम गरे पनि अहिले क्षति घटाउन कठिन भएको छ। मोटाको घरमा बसेर सामान्य जीवन बिताउनेको जलवायु परिवर्तनमा कुनै भूमिका छैन। उनीहरू नै अहिले सबैभन्दा बढी समस्यामा परेका छन्।
पाकिस्तानको बालचीस्तान र खाइबर पख्तुन्वा क्षेत्रमा हिउँ एकदमै तीव्र गतिमा फैलिरहेका छन्। यी नै मध्यका ३३ हिमताल जुनसुकै समयमा फुट्न सक्ने जोखिममा छन्। यसो भएमा ७० लाखको जीवन नै जोखिममा पर्न सक्नेछ।
यस अघि त्यत्ति धेरै वर्षा नहुने क्षेत्र नै अहिले बाढीले धेरै प्रभावित भएका छन्। दक्षिण प्रान्त सिन्ध र बालचीस्तान त सुख्खा या अर्ध सुख्खा क्षेत्रको रूपमा परिचित छन्। बालचीस्तानका १७ वर्षीय जलवायु अभियन्ता युसुफ बालुच देश भित्रको असमानता अहिले थप समस्या भएको बताउँछन्। उनलाई आफू ६ वर्षको हुँदा घर नै बाढीले बगाएको याद अझै ताजै छ। ‘सहरका मान्छे तथा सम्पन्न बाढीबाट कम प्रभावित भएका छन्,’ उनले भने।
मान्छेलाई रिस उठ्नु स्वभाविक हो। कम्पनीहरू अहिले पनि जिवाश्मा इन्धनको प्रयोग गरिरहेका छन्। यसै कारण मानिसहरू घर र खाद्यान्न गुमाइरहेका छन्’, संसारकै ठूला व्यवसायीप्रति ती युवाको आक्रोश छ। डा. साहिदकै विचारमा पाकिस्तानको घटना जलवायु सम्मेलनमा सहभागी नेताका लागि सजग गराउन पर्याप्त छ। अहिले संसारमा १.२ डिग्री तापक्रम बढ्दा यो समस्या छ। धेरै वैज्ञानिकको चेतावनी छ, ‘यो भन्दा तापक्रम बढ्नु भनेको आम मानिसका लागि मृत्यु दण्डको घोषणा गर्नु बराबर हो।’
मोटाको घरमा बसेर सामान्य जीवन बिताउनेको जलवायु परिवर्तनमा कुनै भूमिका छैन। उनीहरू नै अहिले सबैभन्दा बढी समस्यामा परेका छन्।
पाकिस्तानमा यो समाचार आउनु अगाडि संसारका विभिन्न देशमा विभिन्न समाचार प्रकाशमा आएका थिए। धेरै रिपोर्ट सार्वजनिक पनि भएका थिए। अमेरिकामा तयार भएको रिपोर्ट अनुसार महासागर, समुद्र या नदीबाट धेरै टाढा रहेका स्थान पनि अब सुरक्षित नहुन सक्छन्। जब पानीको मात्रा बढ्दै जान्छ र बाढी बढ्दै जान्छ कुनै पनि स्थानमा जोखिम हुन सक्छ। यो नै ‘इनल्यान्ड फ्लोड’ हो।
कार्बनडाइ अक्साइड र मिथाइन जस्ता ग्रिनहाउस ग्यास निस्केसँगै यसले वातावरण तातो बनाउने र यस्ता समस्या निम्तने गर्छन्। अमेरिकाको एक अध्ययन अनुसार सन् १९५८ देखि २०१६ को बीचमा वर्षाको मात्रा एकदमै बढेको थियो। योक्रम अझ बढेको छ। अमेरिकाकै हकमा देशको पूर्वी भागमा यो समस्या अझ बढी छ। अमेरिकाको मध्यपूर्व र उत्तर पूर्व बाढीको जोखिम बढी भएका स्थान हुन्।
अहिले संसारमा १.२ डिग्री तापक्रम बढ्दा यो समस्या छ। धेरै वैज्ञानिकको चेतावनी छ, ‘यो भन्दा तापक्रम बढ्नु भनेको आम मानिसका लागि मृत्यु दण्डको घोषणा गर्नु बराबर हो।’
पानीको सतह भन्दा टाढा रहेका स्थानमा हुने यस खालका बाढी र भेल अझ बढी डरलाग्दो हुन सक्छन्। जब एकदमै छिटो गतिमा पानी पर्न थाल्छ, माटोले यसलाई सोस्न भ्याउँदैन। यो जम्दै जान्छ। जम्दै गएपछि बग्ने ठाउँ नपाएर यसले विनाश गर्न थाल्छ। यसले विस्तारै हामी बस्ने घरको सतह लगायत अन्य भौतिक संरचनालाई भित्रभित्र गएर नास गरिसकेको हुनसक्छ।
जमिन मुनी पानीको शक्ति सञ्चित रहेको हुन्छ ।यसले कुनै पनि समय समस्या निम्तन सक्छ। यसरी जमिन मुनी रहेका पानीको जोखिम र यो विस्फोट हुने समयको बारे कुनै जानकारी हुँदैन। तर, प्राय देशमा रहेका राष्ट्रिय मौसम विज्ञान विभागले वर्षा हुने समय बारे जानकारी दिने गरेका छन्। स्मार्ट फोनमा यो अलर्ट पनि पाउन सकिने छ।
जमिन मुनी पानीको शक्ति सञ्चित रहेको हुन्छ ।यसले कुनै पनि समय समस्या निम्तन सक्छ। यसरी जमिन मुनी रहेका पानीको जोखिम र यो विस्फोट हुने समयको बारे कुनै जानकारी हुँदैन।
यो दक्षिण एसियासँगै बाढीको प्रभाव हाइटी, सियरा लियोन तथा अन्य धेरै मध्य तथा पश्चिम अफ्रिकामा देखिएको छ। जलवायु परिवर्तनको असर अचम्मले परेको छ। कार्बन उत्सर्जनमा धनी र विकसित देशको भूमिका बढी छ। असर गरिब देशमा असर बढी देखिएको छ। तर, यसको मतलब धनी देश सुरक्षित छन् भन्ने होइन। विस्तारै धनी र विकसित देश पनि जोखिममा पर्न थालेका छन्। गत वर्ष जर्मनी र बेल्जियममा गएको बाढी तथा यस वर्ष मेक्सिकोको बाढीले यसलाई सङ्केत गरिसकेको छ। स्रोत : एनसीआर, फ्लोडलिस्ट, बीबीसी
प्रतिक्रिया