मन्त्री यादव पर्सा क्षेत्र नं १ बाट सिफारिस « Khabarhub

मन्त्री यादव पर्सा क्षेत्र नं १ बाट सिफारिस


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आसन्न सङ्घीय निर्वाचनका लागी वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट सिफारिस गरेको छ।

जसपाका केन्द्रीय सदस्यसमेत रहेका यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको पर्सा पार्टी सचिव आलमले जानकारी दिए ।

गत निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालको गठबन्धनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई भने क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ ।

त्यस्तै मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ९ : ०५ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको