चुनावी घोषणापत्रका लागि एमालेले शुभेच्छुकसँग माग्यो सुझाव, २५ भदौसम्म दिइसक्नुपर्ने « Khabarhub

चुनावी घोषणापत्रका लागि एमालेले शुभेच्छुकसँग माग्यो सुझाव, २५ भदौसम्म दिइसक्नुपर्ने


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणापत्रमा समावेशका लागि पार्टीका सुझावको आह्वान गरेको छ ।

अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्तीलाई १५ भदौसम्म सुझाव दिन आह्वान गरेको थियो ।

पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टी सम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ-आफ्नो सुझावसमेत दिइसकेका छन् ।

एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जन साधारणहरूसँग पनि सुझावको आह्वान गरेको छ ।

एमालेप्रति सद्भाव राख्ने जोकोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा २५ भदौभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराइदिन आह्वान गरिएको छ ।

सुझावका लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत सुझाव पठाउन चाहनेहरूले  [email protected] मा आफ्ना सुझाव पठाउन सक्नेछन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  २ : १२ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने