खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु  | Khabarhub Khabarhub

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ-  लघु जलविद्युत आयोजनाको करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर शनिबार जम्पर जोड्ने क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राति फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो ।

तर, अस्पताल पुर्‍याए लगत्तै उनलाई मृत घोषणा गरिएको थियो । गत १६ भदौमा छुटाइएको जम्पर जोड्ने क्रममा उनलाई करेन्ट लागेको वडाध्यक्ष मुगाधन राईले बताए । पाथेकामा २०७० सालदेखि ६० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो ।

मृतकका श्रीमती र चार सन्तान छन् । विद्युत् गृह नजिक घर भएकाले राईले बेलाबेला अवरुद्ध विद्युत् मर्मत गर्दै स्थानीयलाई सहयोग गर्ने गरेका थिए । बिना सेफ्टी विद्युत् मर्मतको काममा लाग्दा विभिन्न समयमा विद्युतका कर्मचारी र स्थानीयले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ३ : १४ बजे

दलहरूबीच मिलेन कुरा, प्रतिनिधि सभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं- सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ