खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु  « Khabarhub

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ-  लघु जलविद्युत आयोजनाको करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर शनिबार जम्पर जोड्ने क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राति फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो ।

तर, अस्पताल पुर्‍याए लगत्तै उनलाई मृत घोषणा गरिएको थियो । गत १६ भदौमा छुटाइएको जम्पर जोड्ने क्रममा उनलाई करेन्ट लागेको वडाध्यक्ष मुगाधन राईले बताए । पाथेकामा २०७० सालदेखि ६० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो ।

मृतकका श्रीमती र चार सन्तान छन् । विद्युत् गृह नजिक घर भएकाले राईले बेलाबेला अवरुद्ध विद्युत् मर्मत गर्दै स्थानीयलाई सहयोग गर्ने गरेका थिए । बिना सेफ्टी विद्युत् मर्मतको काममा लाग्दा विभिन्न समयमा विद्युतका कर्मचारी र स्थानीयले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ३ : १४ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता