प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाकमा  | Khabarhub Khabarhub

प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाकमा 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाक बन्ने भएको छ । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको निर्णयअनुसार विधेयक परिपक्व हुन लाग्ने पाँच दिन घटाएर एक दिनमा झार्ने र संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टाको समयलाई घटाएर २४ घण्टामा झारिनेछ । फास्ट ट्रयाकमा विधेयक अगाडि बढाउन नियम निलम्बनको प्रस्ताव सभामा कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रस्तुत गर्नेछन् ।

सरकारले यो विधेयक शुक्रबार मात्र संसद् सचिवालयमा दर्ता गरेको थियो । यो विधेयकमा निर्वाचन भएर बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्दासम्म संसद्को कार्यकाल रहने प्रस्ताव गरिएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १०५ मा विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव छ । विधेयक प्रस्तुत गर्ने अनुमतिको सूचना पाँच दिन अगाडि दिनुपर्ने व्यवस्था छ । यसलाई घटाएर एक दिनमा झारिएको हो ।

यस्तै, नियमावलीको नियम १११ मा विधेयकमाथि सामान्य छलफल समाप्त भएको ७२ घण्टाभित्र संशोधन प्रस्ताव पेश गर्न सकिने व्यवस्था छ । यसलाई घटाएर २४ घण्टामा झारिएको हो । यसअनुसार आजै विधेयक सभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाको दोस्रो बैठक बस्नेछ र दोस्रो बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ३ : ४१ बजे

‘निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्छ’ 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले मात्रै नभई

बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती

फिल्मी बजारमा जाडो, ‘पूर्णबहादुरको सारङ्गी’पछि चल्नै छाडे

काठमाडौं – अहिले नेपाली फिल्मी बजार सुनसान छ । जाडो

गरिबका सन्तान : न परिवारको साथ, न राज्यको

काठमाडौं – पारिवारिक विखण्डनको सबैभन्दा ठूलो असर कलिला सन्तानहरुले भोग्नुपर्ने

माओवादी केन्द्रको तेस्रो दिनको बैठक सुरु

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको