पूर्वी रुसमा ज्वालामुखी चढ्न गर्न गएका छ जनाको मृत्यु | Khabarhub Khabarhub

पूर्वी रुसमा ज्वालामुखी चढ्न गर्न गएका छ जनाको मृत्यु


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी रुसको कामचट्का प्रायद्विपमा रहेको युरेसिया क्षेत्रकै सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् । खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ ।

आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ ।

सबै आरोही रुसी नागरिक हुन् । दुई जना गाइडसहितको १२ जनाको समूहले मंगलबार ४ हजार ७५४ मिटरको शिखरमा आरोहण सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’