गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै : मुख्यमन्त्री पोखरेल « Khabarhub

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै : मुख्यमन्त्री पोखरेल


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै गएको बताएका छन् । आइतबार शाखा अधिकृतस्तरका कर्मचारीको सेवाकालीन तालिमको सुरुवात कार्यक्रममा उहाँले प्रतिष्ठानको छुट्टै महत्त्व रहेको बताए ।

प्रतिष्ठानले आइएसओ प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले आज नै आइएसओ प्रमाणपत्र सार्वजनिक गरे। प्रमाणपत्रले अरु प्रदेशको प्रतिष्ठानभन्दा गण्डकी अब्बल रहेको उनले सुनाए ।

यहाँ बनेको पाठ्यक्रम अन्य प्रदेशका प्रशिक्षण प्रतिष्ठानले प्रयोग गरेकाले सुरुवाती समयमा नै फरक खालको क्षमता प्रदर्शन गर्न सफल भएको उनको भनाइ थियो । प्रदेश सरकार केन्द्र सरकारसँगको अधिकारको लडाईंमा काम गरिरहे पनि प्रतिष्ठानले प्रदेशलाई चिनाउने काम गरेकामा उनले खुसी व्यक्त गरे । आगामी दिनमा अझै राम्रा काम गर्नका लाग मुख्यमन्त्री पोखरेलले सुझाव दिए।

कार्यक्रममा गण्डकीका प्रमुख सचिव रविलाल पन्थ र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशलाई चिनाउने काममा प्रतिष्ठानले पुलको काम गरिरहेको बताए ।

सोही अवसरमा प्रतिष्ठानले अन्तर तहसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थापनाको ३१ महिनामा प्रदेश र स्थानीय सरकारको पुलका रूपमा काम गरेको बताए। विषेश गरी प्रतिष्ठानले प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको उनले जानकारी दिए। पहिलो वर्ष चार हजार नौ सय २७ र दोस्रो वर्ष छ हजार आठ सय ८७ जना कर्मचारी तथा जनप्रतिनिधि प्रशिक्षित भएको उनले बताए।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : १० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन