'दसैंको खानपानमा विशेष ख्याल गर्नुपर्छ' | Khabarhub Khabarhub

‘दसैंको खानपानमा विशेष ख्याल गर्नुपर्छ’

बिहान, दिउँसो र बेलुका कस्तो खाना खाने ?



दसैं भन्ने बित्तिकै धेरै मीठो खानेकुरा भनेर धेरैले सम्झिन्छन्। दसैंमा विशेषगरी मासु खाने चलन बढ्दै गएको छ। धेरै चिल्लो मासु र गुलियोलेसमेत स्वास्थलाई राम्रो गर्दैन।
दसैं उत्सव मनाउँदै गर्दा हामीले कस्तो खाना खाँदा स्वस्थ हुन्छौँ ? यो विषयलाई पनि हामीले सोच्नुपर्ने हुन्छ। यसै विषयमा आधारित भएर डाइटीसीएन डा. शिखर दाहालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

दसैँमा हामीले कस्तो कस्तो खाना खानु पर्छ ?
दसैँ हामी हिन्दुहरूको महान् चाड हो। सबै जना बसेर मिठो खाएर मनाइन्छ। हामीले रमाइलो गरेर मिठो खाने भन्दै धेरै माछा, मासु खाने र अल्कोहल सेवन गर्ने गर्नु हुँदैन। दसैंको समयमा हामीले नियमित खाने खानालाई ध्यान दिएर सन्तुलित खाना खानु पर्दछ।

सन्तुलित रूपमा खाँदा बिहानदेखि बेलुकासम्म कस्तो खाना खाने त ?
प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन मिनिरल फलफूल फाइबर सबै समावेश गरेर एक जना व्यक्तिमा १४ सयदेखि १६ सय क्यालोरीको खानु पर्दछ। दिनमा पाँचदेखि छ पटक दिन भरमा तीनदेखि चार घण्टाको फरकमा मिलाएर खाँदा हुन्छ।

युवा, बालबालिका र वृद्धाले कसरी र कति मात्रामा खाने ?
बालबालिकाको लागि बढ्दो उमेरको लागि बढी क्यालोरी भिटामिन चाहिन्छ। वयस्कमा चाहिले सञ्चित एनर्जी पुरा हुने खाना खाने, वृद्धाहरूले दैनिक कार्यक्षमता कम हुने, उमेरको हिसाबले पनि हाई क्यालोरी भन्दा पनि माइक्रोन्युटे«न जसले गर्दा उनीहरूको उमेरलाई सहज होस्। त्यसका लागि फलफूल, सलाद सागसब्जी खुवाउनु पर्दछ।

मासु खाँदा कस्तो खाने ?
दसैँ तिहारलाई हामीले विशेष रूपमा मासु खाने भन्छौँ। त्यसमा हामीले सामान्य ठिक्क मात्रामा खाँदा राम्रो हुन्छ। तर, धेरै खाँदा रातो मासुले कोलेस्ट्रोल बढ्ने, युरीकएसिड लेबल बढ्ने सम्भावना हुन्छ। त्यसैले हामीले ४० देखि ६० ग्रामसम्म मासु दैनिक खाँदा हुन्छ।

बालबालिका र ज्येष्ठ नागरिकले मासु खाँदा कस्तो र कसरी खानु पर्दछ ?
मासु पचाउन हामीले फलफूलहरू दिनु पर्दछ। मासु मात्र धेरै भयो र पानी पुगेन भने शरीरमा कब्जियत हुने समस्या हुन्छ।

शाकाहारीले दसैँमा कस्तो खाना खाने ?
शाकाहारीहरूले दूध, दही, पनिर, भटमासको दालहरू खानु पर्दछ। हामीले खाँदा सन्तुलित रूपले खायो भने कुनै समस्या हुँदैन। सन्तुलित खानाले झाडापखाला लगायतका रोगहरू लाग्दैन। हामीले खाना पेट भरी भन्दा अलिकति कम खानु पर्दछ। त्यसैले प्रोटिन युक्त खाना त्यसरी नै मिलाएर खानुपर्छ।

बिहान बेलुका र दिउँसो कस्तो कस्तो खाना खाने ?
बिहानको खानामा हामीले दूध ब्रेडहरु राखेर खान सक्छौ.। सधैं एउटै समयमा सबै मिलाएर खाने र तीनदेखि चार घण्टाको अन्तरालमा खाने, रोटी, चनाहरू खाने र बेलुकाको खाना थोरै मिलाएर खानु पर्दछ।

बेलुकाको समयको खानपान र अल्कोहल सेवनले कस्तो असर गर्दछ ?
फुड एलर्जी हुने सम्भावना बढी हुन्छ। त्यसले गर्दा शरीरमा युरिया, कोलेस्ट्रोलको लेबल बढ्छ र डाइबेटिज र किड्नीमा समस्या हुन्छ।

कस्तो खाना खाँदा अस्पतालसम्म पुग्नु पर्ने अवस्था हुन्छ ?
दसैँ भनेर धेरै चिल्लो पिरो र अल्कोहल खाँदा धेरै समस्या देखिने गरेको छ। खानपान नमिल्दा अस्पताल पुग्नुपर्ने अवस्था हुन्छ। रमाइलो गर्दा हामीले व्यवस्थित रूपमा सन्तुलित खाना खाएर गर्न जान्नुपर्छ।

एउटा डाइटीसीयन भएको नाताले यो दसैँलाई अझ हर्ष उल्लासको साथ मनाउन के सन्देश दिनुहुन्छ ?
सबै जनाले परिवारसँग बसेर पर्व मनाउन सक्छौँ। परिवारसँग बस्ने बित्तिकै धेरै मासु नै खानुपर्छ भन्ने छैन। खानामा मात्र धेरै ध्यान नदिनु राम्रो हुन्छ। दसैंलाई पीडाको रुपमा भन्दा उत्सवको रुपमा मनाऔं सबैमा यही छ शुभकामना।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : २४ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक