राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल « Khabarhub

राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ को भगवती कोत मन्दिरमा नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाखको बोलकबोल भएको छ।

सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो। बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने भएका हुन्।

उहाँले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसकेका छन्। यसअघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा तीन लाखमा सरकारी मारको बढीबढाऊ भएको थियो। नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण आकाङ्क्षी धेरै हुने भएकाले खुला बडीबढाऊमार्फत छनोट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिए।

भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ। यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ।

हरेक वर्ष सरकारी मार हान्न आकाङ्क्षा राख्नेको सङ्ख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए। “यहाँ सरकारी मार हानेका व्यक्ति सबैको उन्नति प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो”, उहाँले भन्नुभयो। तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बडीबढाऊ गरी राँगो हान्ने (काट्ने) चलन छ।

नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ। यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ। म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि ६९ लाख खर्चेर पुनःनिर्माण गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ९ : ३६ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी