कलेजो ८० प्रतिशत ड्यामेज हुँदासम्म कुनै संकेत देखिँदैन | Khabarhub Khabarhub

कलेजो ८० प्रतिशत ड्यामेज हुँदासम्म कुनै संकेत देखिँदैन

‘कलेजो बिग्रिने बित्तिकै जीवन सकियो भन्ने हुँदैन’


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

मस्तिष्क, मुटु, मिर्गौला र कलेजो शरीर कार्य प्रणालीको महत्वपूर्ण अंग मध्येमा पर्छन्। मुटु र मस्तिष्क जत्तिकै महत्त्वपूर्ण अंग हो, कलेजो। कलेजोले पित्त बनाउने काम गर्छ। यो पाचनप्रणालीको महत्वपूर्ण अंग हो। कलेजोले विष हरण गर्ने काम गर्छ। यसले शरीरमा भएको टकसिनलाई निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ। रगत जम्ने प्रोटिन बनाउने काम कलेजोले गर्छ, जसले गर्दा रगत बग्न केही समयमा रोकिन्छ।कलेजोको अधिकांश भाग माथिल्लो पेटको दायाँ भागमा पर्छ। रक्सी र भाइरल संक्रमण कलेजोका लागि घातक हुनसक्छ। लामो समय अधिक रक्सी सेवन (१० वर्षभन्दा धेरै) तथा लामो समयसम्म भाइरल संक्रमणले कलेजोको आकार घट्दै जान्छ। यसले स्थायी रूपमा दाग बसाल्ने गर्छ, जुन दागका कारण कलेजोले काम गर्न सक्दैन। यो रोगलाई अंग्रेजी र मेडिकल भाषामा ‘लिभर सिरोसिस’ भनिन्छ। यसै विषयमा आधारित भएर डा. अनन्त श्रेष्ठसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

सिरोसिस भन्ने कस्तो समस्या हो ?
सिरोसिस भनेको दीर्घकालीन कलेजोको रोग हो। सामान्य मान्छेको कलेजो नरम हुन्छ र काम पनि राम्रोसँग गर्दछ। तर, कुनै कारणवश कलेजो विस्तारै बिग्रँदै गएरपछि कलेजोमा धेरै खत हुन्छन् र कलेजोको आकारमा पनि परिवर्तन हुन्छ। विस्तारै कलेलोजे काम गर्न छोड्छ त्यही नै सिरोसिस हो।

यो समस्या कस्तो व्यक्तिमा धेरै देखिन्छ ?
कलेजो विस्तारै ड्यामेज भइ राख्यो भने धेरै समस्या हुन्छ। सिरोसिस दैनिक रूपमा मदिरा सेवन गर्ने मान्छेमा हुन्छ र हेपाटाइटिस बी र सीले पनि मान्छेमा कलेजोको ड्यामेज गराउँछ। कलेजोमा बोसो जम्ने समस्या बोसो जम्ने भनेको जो व्यक्तिले मदिरा सेवन गर्छ। त्यसमा र मदिरा सेवन नगर्ने। तर, अन्य रोग जस्तोः डाइबेटिज छ, जो मोटो छ, उच्च रक्तचाप छ, कोलेस्ट्रोल धेरै भएका मान्छेमा हुन्छ।

सिरोसिस हुँदा कस्तो कस्तो लक्षण देखा पर्दछ ?
सिरोसिस विस्तारै हुने रोग हो। यसका संकेत पनि विस्तारै देखिँदै जान्छन्। जबसम्म कलेजोमा ८० प्रतिशत जति ड्यामेज हुँदैन, तबसम्म कुनै सङ्केत देखिँदैन। पहिलो संकेत भनेको धेरै थकाई लाग्ने, पिँडुला फर्किने हुन्छ। कुनै जाँच गर्दा रोग नदेखिए पनि यो दुई सङ्केत देखिन्छ। त्यपछि विस्तारै आँखा पहेँला हुँदै जाने,जन्डिस हुँदै जाने हुन्छ। बेहोस हुने, बेहोसिको कुरा गर्ने, कालो दिसा आउने र कसैमा रगत उल्टी हुने पनि हुन्छ।

यस्तो समस्या कुन उमेर समूहमा धेरै देखिएको छ ?
यो लामो समयपछि हुने रोग भएको कारणले ५० वर्ष भन्दा माथि हुन्छ। तर, आज भोलि बाल्यकालदेखि नै रक्सी सेवन गर्ने गरेकोले त्यस्तामा र सानोमा हेपाटाइटिस भएको कारणले २० वर्ष तिर पनि भएको पाएका छौँ।

सानैदेखि जन्डिस हुने हात फर्किने समस्या भयो भने सिरोसिसले नै भएको हो त ?
त्यसको लागि जाँच गरेर थाहा पाउनु पर्दछ। सानैदेखि जन्डिस हुने भयो भने सिरोसिस नै भएको हो भन्ने हुँदैन। त्यसैले फुल डाइग्नोसिस् गर्नुपर्दछ।

यो सिरोसिसको उपचार कसरी गरिन्छ त ?
सिरोसिस हुने बित्तिकै जीवन सकियो भन्ने हुँदैन। त्यसको समयमा पहिचान भएर डाइग्नोसिस् गर्न सकियो भने सुरुवाती अवस्थामा नै त्यो सिरोसिसलाई हामीले त्यही रोक्न सक्छौँ। सिरोसिसले गर्दा जटिलता नै आयो यदि पेटमा पानी जमेको छ, भित्र नशाहरू छातीमा फुलेर रगत उल्टी हुने, होस हराउने समस्या भएको छ भने हामीले उपचार गर्छौँ। उपचार गरेर पनि कलेजोले काम गरेन भने लास्टमा गएर कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

कलेजोमा समस्या आयो भने कस्तो खाना खाने र कस्तो नखाने ?
कलेजोमा रोग लाग्न नदिने खाना र लागेपछि खाने खानामा फरक छ। कलेजोको रोग नलागोस् भनेर सबै भन्दा पहिला रक्सी नखाने, मोटोपन घटाउने, धेरै गुलियो नखाने, दैनिक सेतो भात नखाने, धेरै चिल्लो आलुको परिकार कम खाने,च्याँख्ला खाने गहुँबाट बनेको खाना खाने, दैनिक रूपमा ४५ मिनेट ठूलो व्यायाम नभई हिँड्दा पनि कलेजोमा बोसो जम्ने समस्यालाई रोक्छ। एक पटक सिरोसिस भएर पेटबाट पानी आउने भयो भने खाना भण्डारण गर्ने शक्ति हुँदैन। त्यसैले क्यालोरीको मात्रा र पोषणतत्व धेरै खाने, समयमा अन्तराल नराखी छिटो छिटो खाने गर्नुपर्छ।

पहिला नै कलेजोमा केही समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
पहिलो कुरा मदिरा सेवनलाई बन्द गर्नु पर्दछ। खानपान र व्यायाममा ध्यान दिने, हेपाटाइटिस बी रोग लाग्न नदिने, हेपाटाइटिस सी लाग्दैन। प्रायःजस्तो लागूऔषध लिने र धेरै ट्याटुहरू लगाउने व्यक्तिमा यो लाग्छ। धेरै रगत चढाएर राख्नु पर्ने व्यक्तिमा हेपाटाइटिस सी समय समयमा चेक गर्नु पर्दछ। चिकित्सकको परामर्श बिना अनावश्यक औषधि नखानु राम्रो हुन्छ। आयुर्वेदिकको सेवनलाई पनि रोक्न सकियो भने यो सिरोसिस हुनबाट बच्न सक्छौँ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : १० बजे

यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू)

चितवन- सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज

मनमोहन सिंहको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको

माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो

काठमाडौं– नेकपा माओवादी केन्द्रले  सङ्‍घीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले

निजामती सेवा विधेयक आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथिको