आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै « Khabarhub

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ।

हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ। एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ।

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो।

हरिबोधिनी एकादशीका दिन घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिने चलन छ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने धार्मिक विश्वास छ। तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ।

आजको दिन भगवान् विष्णुको भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ। यसरी गरिएको पूजा आराधनाबाट सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : १४ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल