उम्मेदवारी कायम भएपछि तोसिमा कार्कीको प्रचारप्रसार तीव्र  « Khabarhub

उम्मेदवारी कायम भएपछि तोसिमा कार्कीको प्रचारप्रसार तीव्र 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि ललितपुर–३ बाट प्रतिनिधिसभाा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले प्रचारप्रसार तीव्र बनाएकी छन्।

उनको उम्मेदवारी खारेजीमा माग गरेर परेको रिटमा गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो। अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ।

अदालतको उक्त आदेशपछि उम्मेदवार कार्कीले प्रचारप्रसारमा तीव्रता दिएकी हुन्। आफूले जित्ने भएपछि षड्यन्त्र गरिएको र त्यसलाई न्यायालयले रोकेको बताउने उनी आफू निर्वाचित हुने दाबी गर्छिन्।

ललितपुर–३ बाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी पम्फा भुसालसहितका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका कार्कीले घरदैलो कार्यक्रममा मतदाताले देखाएको माया र सद्भावले उत्साहित भएको बताएकी छन्।

अदालतको आदेशपछि उनी घरदैलोसहितका कार्यक्रममा सक्रिय भएकी छन्। घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी उनी ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारा लिएर मतदाताकोमा पुगेकी छन्।

रवि लामिछाने नेतृत्वको सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति, संवैधानिक परिषद् खारेजलगायतका विषय समेटेर बिहीबार वाचापत्र सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : ५१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको