घनश्याम भुसाल भन्छन्- ‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव हो « Khabarhub

घनश्याम भुसाल भन्छन्- ‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव हो


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बुटवल – पूर्व एमाले नेता घनश्याम भुसालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेन्डा आफ्नो प्रस्तावमा ल्याइएको दाबी गरेका छन्। त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले ’सुखी नेपाली समृद्ध नेपाल’  नाराको प्रस्तावक आफू भएको बताएका हुन्।

रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दाबी गरे। सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास विना समृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग संविधानको रक्षा गर्छौ कि गर्दैनौं भनेर प्रश्न गर्न भुसाले आग्रह गरे।

आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफूले कुराले मात्रै नभई व्यवहारमै गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे। मतदाताले विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी रुपन्देही क्षेत्र नं. १ (१) का उम्मेदवार विश्वनाथ यादवले गठबन्धनभित्रका उम्मेदवारहरू विकास होस् या व्यवहार हरेक क्षेत्रमा इमान्दार भएको बताए। पुनर्वास र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरू अग्रपंक्तिमा रहेर काम गर्ने उनले बताए।

त्यस्तै प्रदेश १(२) का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताएका छन्। मतदातालाई पटकपटक झुटो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्ध बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : २३ बजे

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २०

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

राँझा– यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न