ठाडी भन्सारमा उठेन लक्ष्यअनुसार राजस्व « Khabarhub

ठाडी भन्सारमा उठेन लक्ष्यअनुसार राजस्व


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहाको भगवानपुर गाउँपालिका-४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा १३ करोड दुई लाख ८१ हजार पाएको लक्ष्य तीन करोड ८३ लाख ९२ हजार ९३ उठाउन सकेको हो ।

त्यो लक्ष्यभन्दा रु १० करोड कम हो । ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद कोइरीले भन्सारबाट बढी मात्रामा टायल्स, मार्बल र भारतीय गाडी भित्रने र राजस्व उठ्ने गरेको तथा निर्यात शून्य अवस्थामा रहेको बताए ।

चालु आव २०७९/०८० मा  ११ करोड ४३ लाख ६७ हजार राजस्व उठाउने कार्यालयको लक्ष्य रहेकामा असोजसम्म एक करोड १५ लाख २४ हजार छ सय ४१ राजस्व उठाउन सकिएको छ ।

कार्यालयले पाएको लक्ष्य पूरा गर्न चुनौती रहेको जनाउँदै अवैधरुपमा भन्सार छली गरी ल्याएको समान जफत गरिएको र चोरी पैठारीसम्बन्धी एक सय ६८ मुदा दर्ता भएको कार्यालय प्रमुख काइरीले बताए । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ०८ बजे

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल