बिजुली च्याप्टर १ को अडिसन आह्वान « Khabarhub

बिजुली च्याप्टर १ को अडिसन आह्वान


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माणको तयारीमा रहेको फिल्म ‘बिजुली च्याप्टर १’ ले केही कलाकारका लागि अडिसन आह्वान गरेको  छ । आगामी २२ कात्तिकमा कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० वर्ष उमेरको पुरुष, ३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिङ क्यारेक्टर छानिने छ ।

विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मकी निर्माता लुना केसी हुन् । विकासको यो डेब्यु निर्देशन हो । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिशा हमाल, कालु राना अनुबन्धित भइसकेका छन् ।

फिल्मको क्रियटिभ प्रोड्युसर केदार भुसाल हुन् । फिल्ममा हरि घले लामाले छायांकन, शंकर धितालको एसोसिएट निर्देशन, आयुष बिसीको मुख्य सहायक निर्देशन हुनेछ ।

फिल्मको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । चार युग सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए ।

‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’ निर्देशकले गिरीले भने । हिन्दु धर्मग्रन्थहरू रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : १२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा