निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान « Khabarhub

निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर– आसन्न ४ मङ्सिरको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले बदर कम गर्न यस्तो नमुना मतदान गरेको हो । नमुना मतदान’ गाईघाट, राममुर, बेल्टार र कटारीमा सम्पन्न गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीगढी र बेलका नगरपालिकामा नमुना मतदान कार्य सम्पन्न गरेको हो ।

 निर्वाचन आयोगको निर्देशन र कार्यतालिकामा विभिन्न स्थानीय तहमा छुट्टाछुट्टै नमुना मतदान कार्यक्रम गर्नुपर्ने भएअनुसार गरिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए । उनका अनुसार अन्य स्थानीय तहमा पनि सम्भव भएसम्म छिट्टै नमुना मतदान कार्य गर्ने योजना छ ।

 चौदण्डीगढीमा नगरपालिका प्रशासकीय भवन र बेलाकामा पनि नगरपालिका कार्यालय भवनमै नमुना मतदान कार्यक्रम गरिएको हो ।मतदानमा दुवै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो । मतदान कार्यमा सुरक्षाकर्मी र म्यादी प्रहरीलाई परिचालन गरी चुनाव सम्पन्न गर्ने, मतपेटिका र मतदाताको सुरक्षा गर्नेलगायत अभ्यास पनि गराइएको थियो । 

मतदानमा समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे पनि अभ्यासबाट जानकारी गराउन नमुना मतदान गराइएको कोइरालाले बताए । त्यसैगरी मतपत्र खसेपछि सुरक्षित गर्ने तरिका, बाकस सुरक्षित र मत गणनासम्मका कामहरुको नमुना प्रदर्शन गरिएको थियो ।

कोइरालाले नमुना मतदानमा चौदण्डीगढीमा ५७ र बेलका नगरपालिकामा ५८ जनाले मतदान गरेको बताए । जसमा क्रमशः चौदण्डीगढी र बेलकामा ६ मत र आठ मत बदर भएको पाइएको छ । सदर र बदर मतबारे मतदातालाई जानकारी गराउन यसले भूमिका खेल्ने छ ।

कटारी नगरपालिका परिसरमा गरिएको मतदानमा ४५ मत खसेकोमा दुई मत बदर भएको थियो । नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटकपटक मतदान गर्नुपर्ने भन्दै केही झन्झटिलो रहेको बताएका थिए । केही सहभागीले नमुना मतदानबाट धेरै कुरा सिकेको र सो कुरा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिक्रिया दिएका छन ।

आगामी चुनावमा चार नगर र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको उदयपुरमा दुई लाख २८ हजार नौ सय ४६ मतदाता छन् । जिल्लाभरि एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र छन् ।  

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : २५ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट