निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान | Khabarhub Khabarhub

निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर– आसन्न ४ मङ्सिरको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले बदर कम गर्न यस्तो नमुना मतदान गरेको हो । नमुना मतदान’ गाईघाट, राममुर, बेल्टार र कटारीमा सम्पन्न गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीगढी र बेलका नगरपालिकामा नमुना मतदान कार्य सम्पन्न गरेको हो ।

 निर्वाचन आयोगको निर्देशन र कार्यतालिकामा विभिन्न स्थानीय तहमा छुट्टाछुट्टै नमुना मतदान कार्यक्रम गर्नुपर्ने भएअनुसार गरिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए । उनका अनुसार अन्य स्थानीय तहमा पनि सम्भव भएसम्म छिट्टै नमुना मतदान कार्य गर्ने योजना छ ।

 चौदण्डीगढीमा नगरपालिका प्रशासकीय भवन र बेलाकामा पनि नगरपालिका कार्यालय भवनमै नमुना मतदान कार्यक्रम गरिएको हो ।मतदानमा दुवै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो । मतदान कार्यमा सुरक्षाकर्मी र म्यादी प्रहरीलाई परिचालन गरी चुनाव सम्पन्न गर्ने, मतपेटिका र मतदाताको सुरक्षा गर्नेलगायत अभ्यास पनि गराइएको थियो । 

मतदानमा समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे पनि अभ्यासबाट जानकारी गराउन नमुना मतदान गराइएको कोइरालाले बताए । त्यसैगरी मतपत्र खसेपछि सुरक्षित गर्ने तरिका, बाकस सुरक्षित र मत गणनासम्मका कामहरुको नमुना प्रदर्शन गरिएको थियो ।

कोइरालाले नमुना मतदानमा चौदण्डीगढीमा ५७ र बेलका नगरपालिकामा ५८ जनाले मतदान गरेको बताए । जसमा क्रमशः चौदण्डीगढी र बेलकामा ६ मत र आठ मत बदर भएको पाइएको छ । सदर र बदर मतबारे मतदातालाई जानकारी गराउन यसले भूमिका खेल्ने छ ।

कटारी नगरपालिका परिसरमा गरिएको मतदानमा ४५ मत खसेकोमा दुई मत बदर भएको थियो । नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटकपटक मतदान गर्नुपर्ने भन्दै केही झन्झटिलो रहेको बताएका थिए । केही सहभागीले नमुना मतदानबाट धेरै कुरा सिकेको र सो कुरा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिक्रिया दिएका छन ।

आगामी चुनावमा चार नगर र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको उदयपुरमा दुई लाख २८ हजार नौ सय ४६ मतदाता छन् । जिल्लाभरि एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र छन् ।  

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : २५ बजे

क्यान्सरको उपचारमा प्रभावकारी बन्दै रेडिएसन थेरापी

काठमाडौं – नेपालमा नसर्ने रोगको प्रकोप बढ्दो छ। नेपालमा हुने

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि

हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने

काठमाडौं– कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख

बबईमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङ– बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाइको मृत्यु

क्रिकेटर लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउन सक्ने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च