माओवादी र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने « Khabarhub

माओवादी र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मान्म– एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले) का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन दलबाट  नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही र एमालेबाट  नगेन्द्र शाही (नेशनल) उम्मेदवार छन्। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र तेस्रो पटक विजयी भएर ह्याट्रिक गर्ने दाउमा छन् भने नगेन्द्र पहिलो पटक प्रतिनिधिसभामा प्रवेश गर्ने मौकाको पर्खाइमा छन् ।

माओवादी केन्द्रका उम्मेदवार रहेका महेन्द्र २०७० सालमा प्रतिनिधिसभा, २०७४ सालको प्रदेशसभामा निर्वाचित भएका छन् । विसं २०७० को निर्वाचन जितेर उनी जलस्रोत सिँचाइ तथा ऊर्जामन्त्री बनेका थिए । उनले त्यसबेला एमालेका कुर्मराज शाहीलाई पराजित गरेका थिए । विसं २०७४ का प्रदेशसभाको निर्वाचनमा विजयी भएका महेन्द्रले नेपाली कांग्रेसका कालीबहादुर सहकारीलाई पराजित गरेर कर्णालीका मुख्यमन्त्री बनेका थिए ।

नगेन्द्र शाही विसं २०७४ को निर्वाचनमा वाम-गठबन्धन हुँदा महेन्द्रको चुनावी सहयात्री थिए भने अहिले महेन्द्रलाई उनले नै चुनौती दिएका छन् । महेन्द्रका सहयात्री माओवादी केन्द्र केन्द्रीय लेखा आयोगका सदस्य काशीचन्द्र बरालले स्वतन्त्र उम्मेदवारी दिएर दुवैलाई चुनौती दिइरहेका छन् । त्योसँगै कांग्रेस बिपीबाट कालीकोट कांग्रेसका संस्थापक सभापति पङ्खबहादुर विष्ट, नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बूढास्वतन्त्ररुपमा कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेले चुनौती मैदानमा उत्रिएका छन् । 

जिल्लामा नौ  स्थानीय तह रहेका छन् । ती तहका ८२  वडा रहेका छन् । ती वडामध्ये माओवादी केन्द्रले ४९ वडामा विजयी भएको छ । अन्यमा अरु दल वडाध्यक्ष विजयी भएका छन् । स्थानीय तहको निर्वाचनको परिणामअनुसार माओवादी १९ हजार मत,  कांग्रेस १४ हजार मत र एमाले १३ हजार पाएको थियो । जिल्लाको विकास निर्माणमा लामो समयदेखि काम गरेको अहिले केही अधुरा योजना बाँकी रहेकाले त्यो पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले बताए । 

‘ मैले लामो समयदेखि कालीकोटको प्रतिनिधिका रुपमा काम गरेको छु । मेलै कालीकोटका विकास लागि गरेका कैयौँ काम अधुरा रहेका छन्’, उनले भने, “ती काम पूरा गर्नका लागि मेरो उम्मेदवारी रहेको छ । मलाई त्यसै आधारमा अनुमोदन गर्नेमा विश्वास लिएको छु ।” कालीको सुनथराली विमानस्थल नियमित उडान, कर्णाली करिडोरको स्तरोन्नति, मान्म–कोटवाडा केवुलकार, फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणलगायतका अन्य सरोकारका विषय आफ्नो चुनावी एजेण्डा रहेको महेन्द्रबहादुरले बताए । 

विगत लामो सयमदेखि एउटै व्यक्तिले विकास गर्न नसक्ने त्यसका लागि युवाको काँधमा जिम्मेवारी दिनुपर्ने र अहिले आफूले नागरिकको न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्ने रोजगारी प्रमुख चुनावी एजेण्डा भएको एमालेका प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्रको भनाइ छ । 

‘अहिले ठूलाठूला नाराले मात्र कुनै पनि काम गर्न सकिन्न । मेरो चुनावी एजेण्डा भनेका घरमाघरमा खानेपानी धारा, सडक, विद्युत्, सञ्चार र रोजगारी रहेका छन्’, उनले भने, ‘ठूलाठूला चुनावी नाराले केही पनि गर्न सकिन्न । पहिलो विषय नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु हो ।’

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : ४४ बजे

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर – ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो : मन्त्री पोखरेल

मोरङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे खुलापत्र : केराका बिचौलियालाई कारबाही गर्नुहोस्, किसानको पसिनाको मूल्य दिनुहोस्

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक