निर्वाचन आयोगद्वारा उपराष्ट्रपतिलाई निर्वाचन तयारी बारे जानकारी « Khabarhub

निर्वाचन आयोगद्वारा उपराष्ट्रपतिलाई निर्वाचन तयारी बारे जानकारी


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन  निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र भएको स्थापित गर्ने चुनौती निर्वाचन आयोगसँग रहेको समेत जनाए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तयारी बारे जानकारी गराउन आज अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्दै उपराष्ट्रपतिले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

‘स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसमा मलाई निकै खुसी लागेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।’ 

उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिवद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताए । उनले मतपत्र छपाईको काम सम्पन्न भएको जानकारी गराउँदै उपत्यका बाहिरका जिल्लाहरूमा ढुवानीसमेत भइसकेको बताए । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : १५ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन