तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान | Khabarhub Khabarhub

तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान गरेको छ । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको हो ।

नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र ४ महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५०–५५ केजीमा आर्यन रावल र राजन तामाङ रहेका छन् । महिला ५०–५५ केजीमा साइना महर्जन, २५–३० केजीमा सिम्रिका कुँवर, ३०–३५ केजीमा दर्शना तामाङ र ४५–५० केजीमा प्रशंसा लामा छन् ।

प्रशिक्षकमा तार्केश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन रहेका छन् । टोलीलाई तार्केश्वर नगरपालिका वडा २ का अध्यक्ष राधाकृष्ण खड्गी, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, खेलप्रेमीद्वय इन्द्रमान महर्जन र शिव कुँवरलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अध्यक्ष खड्गीले वडाले खेलकुदका पूर्वाधार निर्माण गर्न सार्वजनिक जग्गाको खोजी गरिरहेको बताउँदै खेलाडीलाई सफलताका लागि शुभकामना दिए ।

तार्केश्वर उमा कुङफु स्कुलका सहायक प्रशिक्षक एवं उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुटुवारले खेलाडीले यहि प्रतियोगिताका लागि करिब २ महिनादेखि अभ्यास गरिरहेकाले सहभागी सबै खेलाडीले स्वर्ण जित्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : २१ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको