तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान « Khabarhub

तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान गरेको छ । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको हो ।

नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र ४ महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५०–५५ केजीमा आर्यन रावल र राजन तामाङ रहेका छन् । महिला ५०–५५ केजीमा साइना महर्जन, २५–३० केजीमा सिम्रिका कुँवर, ३०–३५ केजीमा दर्शना तामाङ र ४५–५० केजीमा प्रशंसा लामा छन् ।

प्रशिक्षकमा तार्केश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन रहेका छन् । टोलीलाई तार्केश्वर नगरपालिका वडा २ का अध्यक्ष राधाकृष्ण खड्गी, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, खेलप्रेमीद्वय इन्द्रमान महर्जन र शिव कुँवरलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अध्यक्ष खड्गीले वडाले खेलकुदका पूर्वाधार निर्माण गर्न सार्वजनिक जग्गाको खोजी गरिरहेको बताउँदै खेलाडीलाई सफलताका लागि शुभकामना दिए ।

तार्केश्वर उमा कुङफु स्कुलका सहायक प्रशिक्षक एवं उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुटुवारले खेलाडीले यहि प्रतियोगिताका लागि करिब २ महिनादेखि अभ्यास गरिरहेकाले सहभागी सबै खेलाडीले स्वर्ण जित्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : २१ बजे

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिर)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको