मुख्यमन्त्री राउतद्वारा निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन निर्देशन « Khabarhub

मुख्यमन्त्री राउतद्वारा निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन निर्देशन


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

आज सङ्घीय गृह मन्त्रालय र मधेस सरकार गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले खुला सीमानाका साथै आन्तरिक तिक्तताले निर्वाचनमा हुनसक्ने खतरा औँल्याउँदै सचेत रहन समेत निर्देशन दिए ।

निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै उनले आचारसंहिताको सूक्ष्म कार्यान्वयन, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणजस्ता कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको उक्त गोष्ठीमा नेपाल सरकारका गृहसचिव विनोदप्रकाश सिंह, मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत, नेपाली सेनाका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायतको उपस्थिति थियो ।

गोष्ठीमा मधेस प्रदेशस्थित आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : ५० बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार