एमालेलाई बहुमत आवश्यक छ : ओली « Khabarhub

एमालेलाई बहुमत आवश्यक छ : ओली


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उनले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए ।

‘एमाले एक्ललैले बहुमत ल्याउन परेको छ’, अध्यक्ष ओलीले भने, ‘अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।’ विगतमा एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उनले स्पष्ट गरे । ‘अहिले २०७४ सालमा बहुमत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर हल्ला हुँदैछ’, उनले भने, ‘०७४ मा प्रत्यक्षतर्फ एमालेलाई १६५ मा ८०, समानुपातिकतर्फ ११० मा ४१ सिट मात्रै आयो ।’

उनले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट र समानुपातिकतर्फ १४ सिट बहुमतका लागि अपुग रहेको बताए । मुलुक सञ्चालनका लागि टालाटुली नभई सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : २३ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका