उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग « Khabarhub

उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– असोजमै हिउँले सेताम्य भएका यहाँका विभिन्न नाकामा चुनावका लागि कर्मचारी परिचालन गर्न समस्या देखिएको छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा चुनावका लागि कर्मचारी परिचालनमा समस्या देखिएको हो । 

शेफोक्सुण्डो गाउँपालिका वडा नम्वर १,२ र ३ बाहेक अन्य सबै ठाउँमा रहेका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभएमा कर्मचारी परिचालन गर्न मुस्किल हुने डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार ठूलो हेलिकोप्टरले १५ वटा उडान भरेमा मात्र कर्मचारीलाई पुर्‍याउन सकिन्छ । निर्वाचन आयोगलाई उपल्लो डोल्पामा जान र आउन भएको समस्याका विषयमा जानकारी गराइसकेको प्रजिअ अधिकारीले बताए।

तिहारमा घर गएका कर्मचारी सदरमुकाममा पुग्ने क्रम जारी छ । डोल्पा सदरमुकामसम्म पुग्न जुफाल विमानस्थल र भेरी करिडोरको स्थलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । चीनको सिमानासँग जोडिएको उपल्लो डोल्पामा वर्षेनी हिमपातका कारण कात्तिकदेखि चैतसम्म यहाँका सबै गतिविधि ठप्प हुने गर्छ । 

सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जान १० दिनसम्म लाग्ने गर्दछ। हिउँले ढाकिएका अग्ला पहाड छिचोल्नुपर्ने बाध्यता छ । चिसो मौसममा प्रहरी चौकीसमेत दुनै झारिन्छ । उपल्लो डोल्पामा रहेका ३० वटा मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अत्यन्तै संवेदनशील भएकाले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको अधिकारीले बताए । 

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि डोल्पामा ६६ वटा स्थायी र दुईवटा अस्थायी गरेर ६८ वटा मतदान केन्द्र छन् । डोल्पाको मतदाता संख्या २२ हजार सात सय ७४ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ३९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज