‘वर्तमान सरकार घरको बाघ, बनको स्याल हो’ « Khabarhub

‘वर्तमान सरकार घरको बाघ, बनको स्याल हो’


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार विदेशी सामु घुँडा टेकेर बसेको आरोप लगाएका छन् । दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले तुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा सरकार एक शब्द बोल्न नसको उनले आरोप लगाए ।

‘विदेशीसँग गलत सम्झौता गर्छ । तर, प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्ने । उहाँको छोरीलाई दिनभर थुनेर साँझ छोडिदिने जस्ता क्रियाकलाप निन्दनीय छन्’ उनले भने । आफूहरू सरकारमा हुँदा सडक बालबालिकाको व्यवस्थापन गरेको उनको भनाइ छ ।

‘हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झियो । जब कंगाल बुद्धिका मान्छे सरकारमा आँउछन् तब देश बिग्रन्छ । हामीले १ सयबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले चार हजार बनाएका छौं । त्यसलाई कहिले ६८ वर्ष, कहिले ६५ वर्ष, भन्दाभन्दै २५ मै पाउनुपर्छ भन्न बेर छैन,’ कांग्रेस नेतृत्वको सरकारलाई व्यङ्ग गर्दै ओलीले भने ।

विकास गर्न टालाटुली बटुली कतिराम्री कठपुतली भएको सरकारले नहुने भन्दै उनले स्थायी सरकार चाहिने बताए । ‘त्यसैले अब मंसिर ४ पछि एमालेको स्थायी सरकार बनाउन, एमालेलाई सरकारमा पुग्नका लागि नभइ देश बनाउनका लागि भोट दिनु होला,’ उनले भने ।

एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मूल्य तोक्नेहरूको गठबन्धन नटिक्ने दाबी गरे । उनले भने, ‘अब गठबन्धनको प्रधानमन्त्री कोहो ? गोरखा बाट प्रचण्ड म हुँ भन्छन्, कांग्रेसका गगन थापा म हुँ भन्छन्, सेर बहादुर देउवा डडेल्धुराबाट मै हुँ भन्छन् र अन्य दलहरुको त कुरै छोडौँ। त्यसैले एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्ने योजना छ, सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु ।’

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ४३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज