अफगानिस्तानमा अफिमखेती अझ मौलाउँदै « Khabarhub

अफगानिस्तानमा अफिमखेती अझ मौलाउँदै


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा दशौँ लाख किसानहरुले अझै अफिमखेती गरिरहेको अफगानिस्तानको पुननिर्माणका लागि अमेरिकी विशेष महानिरीक्षकको कार्यालयले जनाएका छन् ।

कार्यालयलाई उद्धृत गर्दै अफगानिस्तानको खामाप्रेसले जनाएअनुसार तालिबानले लागूऔषधलाई प्रतिबन्धित गरेको घोषणा गरेपनि अफिमखेतीमा कमी नआएको हो । यसअघि तालिबानका सर्वोच्च नेता मुल्लाह हैबतुल्लाहले गत मार्च महिनामा मुलुकमा लागूऔषधको उत्पादन, तस्करी र खरिदबिक्रीमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।

यद्यपि गरिबी एवम् बेरोजगारीका कारण कुनै विकल्प नभएपछि किसानहरुले अफिमखेतीलाई निरन्तरता दिएका हुन् । छिमेकी मुलुक ताजिकिस्तानको आन्तरिक मन्त्रालयले तालिबानले गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ लागूऔषधको तस्कीर र उत्पादनमा झण्डै दोब्बरले वृद्धि भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ४७ बजे

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप