अफगानिस्तानमा अफिमखेती अझ मौलाउँदै « Khabarhub

अफगानिस्तानमा अफिमखेती अझ मौलाउँदै


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा दशौँ लाख किसानहरुले अझै अफिमखेती गरिरहेको अफगानिस्तानको पुननिर्माणका लागि अमेरिकी विशेष महानिरीक्षकको कार्यालयले जनाएका छन् ।

कार्यालयलाई उद्धृत गर्दै अफगानिस्तानको खामाप्रेसले जनाएअनुसार तालिबानले लागूऔषधलाई प्रतिबन्धित गरेको घोषणा गरेपनि अफिमखेतीमा कमी नआएको हो । यसअघि तालिबानका सर्वोच्च नेता मुल्लाह हैबतुल्लाहले गत मार्च महिनामा मुलुकमा लागूऔषधको उत्पादन, तस्करी र खरिदबिक्रीमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।

यद्यपि गरिबी एवम् बेरोजगारीका कारण कुनै विकल्प नभएपछि किसानहरुले अफिमखेतीलाई निरन्तरता दिएका हुन् । छिमेकी मुलुक ताजिकिस्तानको आन्तरिक मन्त्रालयले तालिबानले गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ लागूऔषधको तस्कीर र उत्पादनमा झण्डै दोब्बरले वृद्धि भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ४७ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न