जनताले गठबन्धनलाई साथ दिनेमा देव गुरुङ ढुक्क « Khabarhub

जनताले गठबन्धनलाई साथ दिनेमा देव गुरुङ ढुक्क


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का महासचिव तथा लमजुङ प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू यस जिल्लाकै बासिन्दा भएको स्पष्ट पारेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनको आज सुन्दरबजार नगरपालिका–७ पाउँदीबजारमा चुनाव प्रचारप्रसार तथा घरदैलो अभियानको शुभारम्भ गर्दै उनले भने, ‘मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छु ?’

त्यस्तै उनले मुलुकमा वाम–लोतान्त्रिक गठबन्धन कमजोर हुँदा प्रतिगामि शक्तिहरू हाबी हुने गरेकाले अहिलेको गठबन्धन एकजुटका साथ अघि बढ्नुपर्ने बताए । त्यस्तै, लमजुङ र गण्डकी प्रदेशकै विकासका लागि तनहुँ, गोरखा र लमजुङका गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि उनले मतदातालाई आग्रह गरे । जनता र देश विकासका लागि सधैँ लागिरहने भएकाले पनि जनताले गठबन्धनलाई साथ दिने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ३६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको