रामकुमारी झाँक्री मेरो प्रतिस्पर्धी नै होइन : गोकर्ण विष्ट « Khabarhub

रामकुमारी झाँक्री मेरो प्रतिस्पर्धी नै होइन : गोकर्ण विष्ट


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी क्षेत्र नं २ मा आफ्नो प्रतिष्पर्धी कोही नभएको दाबी गरेका छन् ।

शुक्रवार बुटवलमा पत्रकारहरुसगँको भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै ५६७ भोट मात्रै भएको पार्टीको उम्मेदवार झांक्री आफ्नो प्रतिष्पर्धी नभएको दाबी गरेका हुन् ।

गुल्मी क्षेत्र नं।२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका नेता विष्टले चुनाव जितेपछि गाउँ नै नफर्किने पात्रलाई जनताले राम्ररी चिनेको बताउदै आफ्नो जीत सुनिश्चित भएको तर्क गरे । उनले चुनावपछि एकीकृत समाजवादीको राजनीतिक भविश्य सकिने बताउदै नेकपा एमालेको लोकप्रियता बढेकाले एमालेको बहुमत आउने ठोकुवा गरे ।

उनले देश विकास,सम्वृद्धि,गरिबी, बेरोजगारी हटाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनोट गर्न सचिव विष्टले मतदातालाई आग्रह गरे। नेता विष्टले एमालेको पालामा गरेका विकास निर्माणका कामहरुलाई गलत प्रचार प्रसार गरेर विपक्ष दलहरुले जस लिन खोजेकोमा खेद प्रकट गर्दै १० हजार बजेट कही हालेको प्रमाण नभएकाले सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग आफुलाई तुलना गर्न नहुने बताए।

सचिव विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वनमा आउने जानकारी दिदै आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ४७ बजे

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत