रामकुमारी झाँक्री मेरो प्रतिस्पर्धी नै होइन : गोकर्ण विष्ट | Khabarhub Khabarhub

रामकुमारी झाँक्री मेरो प्रतिस्पर्धी नै होइन : गोकर्ण विष्ट


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी क्षेत्र नं २ मा आफ्नो प्रतिष्पर्धी कोही नभएको दाबी गरेका छन् ।

शुक्रवार बुटवलमा पत्रकारहरुसगँको भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै ५६७ भोट मात्रै भएको पार्टीको उम्मेदवार झांक्री आफ्नो प्रतिष्पर्धी नभएको दाबी गरेका हुन् ।

गुल्मी क्षेत्र नं।२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका नेता विष्टले चुनाव जितेपछि गाउँ नै नफर्किने पात्रलाई जनताले राम्ररी चिनेको बताउदै आफ्नो जीत सुनिश्चित भएको तर्क गरे । उनले चुनावपछि एकीकृत समाजवादीको राजनीतिक भविश्य सकिने बताउदै नेकपा एमालेको लोकप्रियता बढेकाले एमालेको बहुमत आउने ठोकुवा गरे ।

उनले देश विकास,सम्वृद्धि,गरिबी, बेरोजगारी हटाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनोट गर्न सचिव विष्टले मतदातालाई आग्रह गरे। नेता विष्टले एमालेको पालामा गरेका विकास निर्माणका कामहरुलाई गलत प्रचार प्रसार गरेर विपक्ष दलहरुले जस लिन खोजेकोमा खेद प्रकट गर्दै १० हजार बजेट कही हालेको प्रमाण नभएकाले सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग आफुलाई तुलना गर्न नहुने बताए।

सचिव विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वनमा आउने जानकारी दिदै आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ४७ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध