कोभिड संक्रमण भएकालाई चिसोमा थप जोखिम « Khabarhub

कोभिड संक्रमण भएकालाई चिसोमा थप जोखिम

जथाभावी औषधि नखान र आगोबाट जोगिन चिकित्सकको सुझाव



काठमाडौँ – बढ्दो चिसोसँगै जनजीवन प्रभावित हुन थालेको छ । चिसो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन् ।

खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू चिसोबाट बढी प्रभावित भइरहेका छन् । यस्तै, कोभिड संक्रमणका कारण गम्भीर बनेका वयस्कहरूमा समेत चिसोले चाँडै थप समस्या बढाउने जोखिम पनि छ ।

कोभिड संक्रमणको अर्को लहरको जोखिम बढेको र मौसमका कारणसमेत स्वास्थ्यमा समस्या देखिन थालेकाले विशेष ध्यान दिन आवश्यक छ । चिसोले विशेषगरी रुघाखोकी, ज्वरो, निमोनियाजस्ता समस्या पार्ने गर्छ । यसबाहेक दम, बाथ र अन्य दीर्घरोगीलाई पनि चिसो घातक हुन्छ ।

उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीमा मांसपेशीको दुखाइ र अत्यधिक कमजोरीपन देखिएको छ । त्यसैले चिसोबाट बच्न सावधानी अपनाउनुको विकल्प छैन ।

जथाभावी औषधि नखान चिकित्सकको सुझाव

स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या जस्तै– ज्वरो, रुघाखोकी, झाडापखाला, श्वासप्रश्वासमा समस्या, शरीर दुखाइ, निमोनिया र दमको समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न डाक्टर मिलन खड्काको सुझाव छ । आफैँले जथाभावी औषधि सेवन भने गर्नुहुँदैन ।

चिसोबाट बच्नको लागि सबै भन्दा पहिला शरीर पूरै ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउनु पर्छ । चिसोमा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू सकेसम्म अत्यधिक चिसो हुने स्थानमा जानु हुँदैन ।

चिसोबाट बच्न आगो, हिटर बालेर कोठा बन्द गर्दा ज्यान जाने घटना पनि बढिरहेका छन् । तसर्थ, कोठा न्यानो बनाउँदा भेन्टिलेसनको व्यवस्था गर्न छुटाउनु हुँदैन । कोठामा पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गर्नुपर्छ ।

बालबालिकालाई आगोबाट जोगाउनुपर्छ
आगो बालेको ठाँउमा बच्चाहरूलाई एक्लै छाड्नु हुँदैन । साथै, आगो बालेर छोड्दा आगलागीको जोखिम रहने हुँदा आगो निभाएर वा सुरक्षित राखेर सुत्नुपर्छ । हिउँ खेल्ने र रमाइलोका लागि घुम्न जाने पर्यटकहरूमा चिसोले समस्या देखिने जोखिम बढेको छ ।

मौसम परिवर्तन र महामारीका कारण तुलनात्मक रूपमा सामान्य फ्लुमा पनि गम्भीर बिरामी पर्ने भएकाले सकेसम्म चिसोबाट जोगिनुपर्छ । आगो बालेको ठाँउमा बच्चाहरूलाई एक्लै छाड्नुहुँदैन । साथै, आगो बालेर छोड्दा आगलागीको जोखिम रहने हुँदा आगो निभाएर वा सुरक्षित राखेर सुत्नुपर्छ ।

आमाको दूध खाने बच्चालाई नियमित स्तनपान गराउनुपर्छ । साथै, अन्य बालबालिका, वृद्धवृद्धा, गर्भवती र दीर्घरोगीमा खानपानको उचित व्यवस्था गर्नुपर्छ । चिसोमा सकेसम्म तातो पानी, झोलजन्य खानेकुरा र सुप पर्याप्त मात्रामा खानुपर्छ । जाडोका कारण पानी कम प्रयोगमा ल्याउँदा अन्य स्वास्थ्य समस्या निम्तिन सक्छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ११ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र