एल साल्भाडोरमा अपराधिक गिरोहविरुद्धको कारवाही तीव्र | Khabarhub Khabarhub

एल साल्भाडोरमा अपराधिक गिरोहविरुद्धको कारवाही तीव्र


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अपराधिक गिरोहविरुद्धको कारवाहीका क्रममा करिब १० हजार सुरक्षाकर्मीले एल साल्भाडोरको सोयापांगो सहरलाई घेरा हालेका छन् ।

सहरतर्फ जाने सम्पूर्ण सडक अवरुद्ध भएका छन् भने गिरोहका सदस्यहरूलाई पक्राउ गर्न विशेष फौजले घरमा खोजी कार्य तीव्र पारेका छन् ।

अधिकारीहरूले शहर छोड्ने प्रयास गर्ने सबैलाई रोकिरहेको जनाइएको छ । उनीहरुले नागरिकको कागजातहरू पनि जाँच गरिरहेका छन् । यसलाई वर्षको सुरुमा हिंसामा वृद्धि भएपछि गिरोहविरुद्ध थालिएको कारवाहीको पछिल्लो चरणको रुपमा हेरिएको छ ।

सोयापांगो एल साल्भाडोरको महत्वपूर्ण सहर मानिन्छ । उक्त सहरमा २ लाख ९० हजारभन्दा बढी मानिसहरूको बसोबास छ । राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर (८ माईल) पश्चिममा रहेको यो सहरमा लामो समयदेखि आपराधिक गिरोहको सक्रियता रहँदै आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १ : १२ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा