एल साल्भाडोरमा अपराधिक गिरोहविरुद्धको कारवाही तीव्र « Khabarhub

एल साल्भाडोरमा अपराधिक गिरोहविरुद्धको कारवाही तीव्र


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अपराधिक गिरोहविरुद्धको कारवाहीका क्रममा करिब १० हजार सुरक्षाकर्मीले एल साल्भाडोरको सोयापांगो सहरलाई घेरा हालेका छन् ।

सहरतर्फ जाने सम्पूर्ण सडक अवरुद्ध भएका छन् भने गिरोहका सदस्यहरूलाई पक्राउ गर्न विशेष फौजले घरमा खोजी कार्य तीव्र पारेका छन् ।

अधिकारीहरूले शहर छोड्ने प्रयास गर्ने सबैलाई रोकिरहेको जनाइएको छ । उनीहरुले नागरिकको कागजातहरू पनि जाँच गरिरहेका छन् । यसलाई वर्षको सुरुमा हिंसामा वृद्धि भएपछि गिरोहविरुद्ध थालिएको कारवाहीको पछिल्लो चरणको रुपमा हेरिएको छ ।

सोयापांगो एल साल्भाडोरको महत्वपूर्ण सहर मानिन्छ । उक्त सहरमा २ लाख ९० हजारभन्दा बढी मानिसहरूको बसोबास छ । राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर (८ माईल) पश्चिममा रहेको यो सहरमा लामो समयदेखि आपराधिक गिरोहको सक्रियता रहँदै आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १ : १२ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय