माओवादीको निर्णयले गठबन्धनको भविष्य अन्यौलमा « Khabarhub

माओवादीको निर्णयले गठबन्धनको भविष्य अन्यौलमा

भोट ट्रान्सफर नभएको पीडा बिसाउँदै प्रचण्ड पार्टी


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकार निर्माणको विकल्प खुला गरेपछि सत्ता गठबन्धनको भविष्य अन्यौलमा परेको छ । माओवादी केन्द्रको शुक्रबार बसेको बैठकले अब सरकार निर्माणका लागि कांग्रेसको मात्रै भर नपर्ने स्पष्ट निर्णय गरेको छ ।

सत्ता गठबन्धन मिलेर चुनावमा होमिएका बेला कांग्रेसको भोट नआउँदा माओवादीका पनि केही उम्मेद्वार पराजित भएपछि सरकार निर्माणकै लागि कांग्रेसकै नेतृत्व रोज्ने विकल्प प्रचण्डको पार्टीले खुला गरेको हो । यसले अब सरकार निर्माणको दौडमा एमाले पनि मिसिएको छ ।

कुनै पार्टीको पनि स्पष्ट बहुमत नभएका कारण सरकार निर्माणका लागि कांग्रेस र एमालेलाई सकस थपिएको छ । अनि माओवादी पनि अब सरकार निर्माणका लागि निर्णायक हुन नसकेपछि उसले सबै विकल्प खुला गरेको हो ।

यसपटक पनि तेस्रो भएको माओवादीले जम्मा १७ सिट जितेको छ । समानुपातिक गरेर मुश्किलले २८ सिटसम्म पाउने उसको अनुमान छ । कांग्रेसले प्रत्यक्षमा थोरै सिट जितेपछि सरकार गठनका लागि सत्ता गठबन्धनलाई सकस देखिएको हो ।

कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीलाई समेत सरकार बनाउन सकस देखिदाको पीडा माओवादीलाई सबैभन्दा धेरै छ । किनकी अब माओवादी अध्यक्ष प्रचण्डले अब पहिलेजसरी प्रधानमन्त्री वा सत्ताको चाबी आफ्नो हातमा भएको जसरी दाबी गर्न सक्ने छैनन् ।

तर उनले अब जसलाई सरकारको नेतृत्वमा अगाडि सार्छन्, त्यसका लागि बहुमत जुटाइदिनुपर्ने पनि भएको छ । सरकार गठनका लागि कांग्रेस वा एमालेसँगै माओवादी, नेकपा एकिकृत समाजवादी, राप्रपा र स्वतन्त्र पार्टी निर्णायक छन् ।

समानुपातिक सिट गरेर करिब ३० सिट जति राप्रपा र स्वतन्त्र पार्टीको हातमा रहने देखिन्छ । माओवादीकै हैसियत बराबर राप्रपा र स्वतन्त्र पार्टी मिलेर बनेपछि अब यी दुई पार्टीलाई फकाउन ठूला दललाई सहज छैन । किनभने विगतका दिनमा पनि यी दुई पार्टीले बुढा पार्टी र नेताहरुको चर्को आलोचना गर्ने गरेका थिए ।

त्यसैले समानुपातिक गरेर सबै मतपरिणाम आउँदा पनि सरकार गठनका लागि राप्रपा र स्वतन्त्र पार्टीको निर्णायक शक्ति जता लाग्छ, उसैले सरकारको नेतृत्व गर्ने सम्भावना छ । त्यससँगै जसपा, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको सिट संख्या पनि जोड्नुपर्नेछ ।

यसले गर्दा सरकार गठनका लागि कांग्रेस र एमाले मिल्ने अथवा सत्ता गठबन्धनले सरकार बनाउँदा माओवादीदेखि अरु साना दलहरुलाई पनि समेट्ने भन्ने विषयमा गम्भीर छलफल र सहकार्य हुने सम्भावना बलियो बनेको छ ।

उसो त सुरुवातदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन नै गरेर आगामी सहयात्राबारे चाँसो राखेका थिए । त्यसलगत्तै कांग्रेस सभापति तथा प्रधनमन्त्री शेरबहादुर देउवाले ओलीसँग कुरा गर्न कांग्रेस नेता प्रकाशमान सिंहलाई बालकोट पठाएका थिए ।

प्रकाशमानपछि कांग्रेस नेता रामचन्द्र पौडेलले पनि ओलीलाई भेटेका थिए । यसले अब सत्ताको नेतृत्वका लागि त्रिपक्षीय छलफल चलिरहेको अनुमान गर्न गाह्रो छैन । तर कांग्रेसले माओवादीसँग नेकपा समाजवादी, जसपा, लोसपा, राप्रपा, जनमत पार्टी र नगारिक उन्मुक्ति पार्टीलाई कसरी सरकारमा आउनका लागि मनाउँछ ? भन्ने मुख्य प्रश्न छ ।

अहिले सत्ता गठबन्धनले चुनावमा गरेको बाचाअनुरुप सरकार गठन गरेर सकुशल स्थिरता दिन नसकेको खण्डमा दुई वर्षपछि फेरि मध्यावधि चुनाव नहोला भन्न सकिन्न ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १ : २९ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका