लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न एमालेको आग्रह | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न एमालेको आग्रह


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न आग्रह गरेको छ ।

हाल बुटवलममा कायम प्रदेशको राजधानी दाङको भालुवाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै एमालेले पूर्वाधार बिनै राजधानी तत्काल दाङ नसार्न भनेको हो ।

सस्तो लोकप्रिययताका लागि भालुवाङ राजधानी सार्न थालिएको आरोप लगाउँदै एमालेले तत्काल राजधानी सार्ने काम रोक्न आग्रह गरेको छ ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गरेर राजधानी सार्ने काम रोक्न आग्रह गरेका हुन् । राजधानी भालुवाङ सार्ने तयारी स्वरुप सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले आपत्ति जनाएको हो ।

प्रदेशसभा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको अवस्थामा अहिले राजधानी सार्ने काम उचित नभएको भन्दै एमालेले प्रदेशमा बन्ने नयाँ सरकारले यसबारे काम गर्नुपर्ने जिकिर गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  २ : २२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत