विश्वका आधा लोकतान्त्रिक देशमा ‘लोकतन्त्रको क्षय’ « Khabarhub

विश्वका आधा लोकतान्त्रिक देशमा ‘लोकतन्त्रको क्षय’


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक अन्तर्राष्ट्रिय संस्थाले विश्वका आधा लोकतान्त्रिक देशहरूले अहिले ‘लोकतन्त्रको क्षय’ अनुभव गरिरहेको दाबी गरेको छ ।

स्विडेनको राजधानी स्टकहोल्ममा आधारित आइडिया नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा कोभिड–१९ महामारी, मौसम परिवर्तन, गिर्दो आर्थिक वृद्धि र युक्रेनमा जारी रुसी आक्रमणका कारण लोकतन्त्रको अवस्था झनै बिग्रिएको दाबी गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रतामा अवरोध, निर्वाचनको वैधानिकतामा अविश्वासजस्ता कारणले लोकतान्त्रिक संस्थाहरुको क्षय हुँदै गएको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा अधिनायकवादी सरकारहरु झन् दमनकारी हुँदै गएको समेत उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस संस्थाले सार्वजनिक गरेको तथ्यांकमा अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत आत्मसम्मान, सुरक्षाजस्ता १ सयवटा चरलालाई समावेश गरिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  २ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै