लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन राष्ट्रसङ्घको आग्रह | Khabarhub Khabarhub

लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन राष्ट्रसङ्घको आग्रह


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले यस्तो आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या बढ्दै गएको र उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले यस्तो आग्रह गरेका हुन् ।

ग्राण्डी तीन दिनको भ्रमणका क्रममा लेबनान पुगेका थिए । भ्रमण सकेर शनिबार फर्किने क्रममा उनले लेबनानमा दशौँ हजार शरणार्थीलाई हाल सामान्य सहयोग मात्र गरिएको र उनीहरुको भविष्य सुनिश्चित हुने खालको कुनै दिगो सहयोग प्राप्त हुन नसकेको समेत बताएका छन् ।

उनले सिरियाबाट आएर पनि लेबनानमा शरणार्थीका रुपमा मानिसहरु रहेकाले उनीहरुलाई आवश्यक मात्रामा र दिगो सहयोग पु¥याउनुपर्ने बताएका छन् ।

लेबनानमा ठूलो सङ्ख्यामा विदेशी शरणार्थीहरु आएर बसेका छन् । एक प्रतिवेदनअनुसार हाल लेबनानमा कम्तीमा पनि २० लाख शरणार्थी रहेका छन् । ती शरणार्थीमा अधिकांश सिरियाली भएको बताइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : ५० बजे

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको