आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालद्वारा स्कटल्याण्डसामु १३८ रनको झिनो लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालद्वारा स्कटल्याण्डसामु १३८ रनको झिनो लक्ष्य प्रस्तुत


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपालले स्कटल्याण्डलाई १३८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३७ रनमात्र बनाउन सकेपछि स्कटल्याडले झिनो लक्ष्य पाएको हो ।

स्कटल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो इनिङमा नेपाल ब्याटिङमा उत्रेको थियो । स्कटल्याडको घातक बलिङसामु नेपाल ४० ओभर १ बलमा अल आउट हुन पुग्यो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए । यसबाहेक अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाउनुबाहेक कुनै नेपाली ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिए भने मार्क वाटले नेपालको २ विकेट झारे । स्कटल्याण्डका मिसेल लेस्क, सफयान सरिफ र ब्राण्डन मकमुलेनले समान एक विकेट लिए ।

यसअघि शुक्रबार नेपालले नामिबियासँग खेलेको थियो । वर्षाका कारण उक्त खेल रद्द भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए ।

नेपाल २१ खेलबाट १८ अंकका साथ लिगको छैटौँ स्थानमा रहेको छ भने २९ खेलबाट ४२ अंकका साथ स्कटल्याण्ड लिगको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ४ : ५८ बजे

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका