अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन « Khabarhub

अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ ।

पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज निर्देशन जारी गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यस्तै जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित आगामी पुस १५ गतेभित्र विवरण केन्द्रमा पठाउनु पर्ने निर्देशन जारी गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ५ : ३५ बजे

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र