रोल्पाको सुन्तला दाङको बजारमा « Khabarhub

रोल्पाको सुन्तला दाङको बजारमा


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोल्पाको माडी गाउँपालिका–५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि दाङको घोराही आएका छन् । रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर उनी बजारको खोजीमा दाङ आएका हुन् । रोल्पामा भनेजती मूल्य नपाएपछि महँगो बस भाडा खर्चेर दाङ आउनुपरेको उनले बताए ।

घोराहीमा मासिक आठ हजार रुपैयाँमा कोठा भाडामा लिएर बुढामगरले सुन्तला बिक्री गर्न थालेका छन् । उनले चार सय ५० सुन्तलाका बिरुवा रोपेकामा दुई सय बोटले फल दिन थालेको बताए ।

गतवर्ष सुन्तलामा फल लाग्दा असिना पानीले नोक्सान गरेको थियो । फल राम्रोसित लागेको थिएन । यसपाली पर्याप्त मात्रामा सुन्तला फलेको बुढामगरले बताए । “रोल्पामा बजार नपाउँदा बिक्री गर्न दाङ आउनुपरेको हो”, उनले भने । गत वर्ष रु आठ लाखको सुन्तला बिक्री भएको बुढामगरको भनाइ छ ।

रोल्पामा उत्पादन भएको सुन्तला भण्डारण गर्न समस्या छ । व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बुढामगरको बाध्यता छ । स्थानीयस्तरमा शीत भण्डारको व्यवस्था गर्न सके उत्पादन भएका फलफूल लामो समय राख्न सकिने थियो । लामो समयसम्म भण्डारण गरेर राखे पछि महङ्गोमा बिक्री गर्न सकिने उनको भनाइ छ ।

घोराहीका व्यापारीलाई थोक र फुटकरमा सुन्तला बिक्री गर्दैआएको बुढामगरले बताए । खुद्रामा प्रतिकिलो ८० रुपैयाँमा सुन्तला बिक्री गर्ने गरेको उनले बताए । स्थानीय उत्पादनलाई प्रोत्सान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष पहल गर्नुपर्ने बुढामगरको भनाइ छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ३५ बजे

इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट

ओस्लो- नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३