दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न « Khabarhub

दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाण्डौँमा आयोजित दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न भएको छ । हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवालाहरु सबैको चासो र एकिकृत प्रयास आवश्यक भएको निष्कर्ष निकाल्दै सम्मेलन सम्पन्न भएको हो ।

काठमाडौँको चन्द्रागिरीमा आयोजित सम्मेलनमा सहभागीहरुले विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् २०२२ लाई अन्तराष्ट्रिय दिगो पर्वतीय विकास वर्षको रुपमा मनाउने घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय पर्वतीय दिवसको पूर्वसन्ध्यामा सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा विभिन्न देशका हिमालय क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान, चीन, भियतनाम, चिली, स्पेन, भारतलगायत देशका विज्ञहरुले प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट प्रस्तुतीकरण दिएका थिए ।

सहभागीहरुले हिमालको दिगो व्यवस्थापन गर्न नसके यसले प्राकृतिक र मानवीय दुबै क्षेत्रमा गम्भीर परिणाम निम्त्याउनसक्ने भन्दै सरोकारवालाहरुलाई गम्भीर बन्न सुझाव दिएका थिए ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा त्रिभुवन विश्व विद्यालय, काठमाण्डौं विश्वविद्यालय, होकाइदो युनिर्भसिटी जापान, युनिर्भसिटी अफ कोलोराडो अमेरिका, जीएलपी जापान, डब्ल्यूडब्ल्यूएफ नेपाल, इसिमोड, यूएनडिपी लगायतका संस्थाहरुको प्राविधिक सहयोग तथा समन्वयमा सम्मेलनको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ५० बजे

‘यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१

गृहमन्त्रीको राजीनामा सकारात्मक, विवादबारे निष्पक्ष छानबिन होस् : भीमार्जुन आचार्य

काठमाडौं– संविधानविद भीमार्जुन आचार्यले गृहमन्त्रीको राजीनामा आएपछि सरकार सकारात्मक बाटोमा

रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू

काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी