रामपुर विश्वविद्यालयमा विरोधको अनौठो अभ्यास : ‘पदाधिकारी हराएको सूचना’ (सूचनासहित) « Khabarhub

रामपुर विश्वविद्यालयमा विरोधको अनौठो अभ्यास : ‘पदाधिकारी हराएको सूचना’ (सूचनासहित)


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन् । आन्दोलित विद्यार्थीले आज पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका छन् ।

विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै आएको संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयका पदाधिकारी हराएको भन्दै सूचना टाँस गरेको हो ।

विगत ८ दिनदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूले भरतपुरको मुख्य मुख्य ठाउँहरू पोखरा बसपार्क, पुल्चोक, शहिदचोक, लायन्स चोक, वीरेन्द्र क्याम्पस, चौबसीकोटी, सप्तगण्डकी, हाकिमचोक, पारस बसपार्क लगायत क्षेत्रमा ‘पदाधिकारी हराएको’ सूचनासहितको पोष्टर टाँस गरेका हुन् ।

विश्वविद्यालयका पदाधिकारीले आफूहरूको आवाज नसुनेको भन्दै छैटौं दिन सिट्टी फुकेर विरोध गरेका विद्यार्थीले सातौं दिन एसएमएस गरेर खोज्ने प्रयास गरेका थिए ।

त्यसपछि पदाधिकारी सम्पर्कमा नआएको भन्दै आठौं दिन पदाधिकारी हराएको सूचनासहितको पोष्टर ठाउँ-ठाउँमा टाँस गरिएको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए ।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु (छैटौं)ले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् ।

 

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : २० बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार