आज २०७८ पुस २१ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ पुस २१ गते बुधबारको राशिफल


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ पुस २१ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आफन्तसंग भेटघाट राहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ५ : ५७ बजे

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति