दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन « Khabarhub

दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् ।

उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे। हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । उनले हप्तान्तको निशेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गरे।

कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिने उनले बताए ।

त्यसैगरी सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ । सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छुट दिएको छ । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने मङ्गलबार पाँच हजार ४८१ जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबारसम्म भारतमा एक हजार ८९२ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट देखिएको छ । महाराष्ट्रमा ओमिक्रोनको सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : ४९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को