जाडोमा सताउने निमोनियाका लक्षण यस्ता हुन्छन् « Khabarhub

जाडोमा सताउने निमोनियाका लक्षण यस्ता हुन्छन्


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा मौसमी फ्लु, रुघाखोकी, निमोनिया जस्ता समस्याहरूले बढी सताउने गर्दछ । कोरोना भाइरसको सङ्क्रमणले समेत निमोनिया गराउन सक्छ । थोरै निमोनियामा मात्रै सङ्क्रमितको फोक्सोमा गम्भीर असर पुग्ने गर्छ र कतिपयको त ज्यानै पनि जाने हुन्छ ।

निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामा एउटा वा दुइटै फोक्सोमा सङ्क्रमण हुने गर्छ । यस्तो सङ्क्रमण भाइरस, ब्याक्टेरिया वा ढुसीका कारणले हुने गर्छ । जुनसुकै कारणले भए पनि निमोनियाको सङ्क्रमण भएपछि फोक्सोको हावा थैलीहरू सुन्निने हुन्छ र बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीप भरिन थाल्छ । यस्तो अवस्थामा सङ्क्रमितलाई सास फेर्न अप्ठेरो हुन्छ ।

निमोनियाका लक्षण :

– सामान्यतः खकार आउने खोकी लाग्ने ।

– ज्वरो आउने ।

– चिटचिट पसिना आउने ।

– सास फेर्न गाह्रो हुने ।

– छातीमा पीडा हुने (खोक्दा वा सास फेर्दा यो पीडा झनै बढेर जाने) हुन्छ।

– गलेको महसुस हुने, थकाइ लाग्ने ।

– खानामा अरुची हुने ।

– वाकवाक लाग्ने वा वान्ता हुने ।

– टाउको दुख्ने ।

उमेर अनुसारका फरक लक्षण :

– ५ वर्षभन्दा मुनिका बच्चाहरूमा छिटो-छिटो सास फेर्ने र स्वाँस्वाँ हुने ।

– शिशुमा लक्षण नदेखिने तर वान्ता हुने ।

– फुर्ति नहुने र खान वा पिउन नमान्ने ।

– वृद्ध उमेरमा शरीरको तापक्रम कम हुने वा भ्रमित हुने लगायतका मध्यमखालका लक्षणहरू देखा पर्न सक्छ ।

निमोनियाका लक्षणहरू सामान्यदेखि जीवनलाई नै खतरामा पार्नेसम्मको हुन सक्छ । त्यसैले यसको उपचारमा ढिलाइ गर्नु हुँदैन। लक्षण देखिनासाथ तत्काल अस्पताल जाने वा चिकित्सकको परामर्श लिनु पर्दछ । निमोनियालाई हल्का रुपमा लिनु हुँदैन ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : २४ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल