जाडोमा सताउने निमोनियाका लक्षण यस्ता हुन्छन् « Khabarhub

जाडोमा सताउने निमोनियाका लक्षण यस्ता हुन्छन्


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा मौसमी फ्लु, रुघाखोकी, निमोनिया जस्ता समस्याहरूले बढी सताउने गर्दछ । कोरोना भाइरसको सङ्क्रमणले समेत निमोनिया गराउन सक्छ । थोरै निमोनियामा मात्रै सङ्क्रमितको फोक्सोमा गम्भीर असर पुग्ने गर्छ र कतिपयको त ज्यानै पनि जाने हुन्छ ।

निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामा एउटा वा दुइटै फोक्सोमा सङ्क्रमण हुने गर्छ । यस्तो सङ्क्रमण भाइरस, ब्याक्टेरिया वा ढुसीका कारणले हुने गर्छ । जुनसुकै कारणले भए पनि निमोनियाको सङ्क्रमण भएपछि फोक्सोको हावा थैलीहरू सुन्निने हुन्छ र बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीप भरिन थाल्छ । यस्तो अवस्थामा सङ्क्रमितलाई सास फेर्न अप्ठेरो हुन्छ ।

निमोनियाका लक्षण :

– सामान्यतः खकार आउने खोकी लाग्ने ।

– ज्वरो आउने ।

– चिटचिट पसिना आउने ।

– सास फेर्न गाह्रो हुने ।

– छातीमा पीडा हुने (खोक्दा वा सास फेर्दा यो पीडा झनै बढेर जाने) हुन्छ।

– गलेको महसुस हुने, थकाइ लाग्ने ।

– खानामा अरुची हुने ।

– वाकवाक लाग्ने वा वान्ता हुने ।

– टाउको दुख्ने ।

उमेर अनुसारका फरक लक्षण :

– ५ वर्षभन्दा मुनिका बच्चाहरूमा छिटो-छिटो सास फेर्ने र स्वाँस्वाँ हुने ।

– शिशुमा लक्षण नदेखिने तर वान्ता हुने ।

– फुर्ति नहुने र खान वा पिउन नमान्ने ।

– वृद्ध उमेरमा शरीरको तापक्रम कम हुने वा भ्रमित हुने लगायतका मध्यमखालका लक्षणहरू देखा पर्न सक्छ ।

निमोनियाका लक्षणहरू सामान्यदेखि जीवनलाई नै खतरामा पार्नेसम्मको हुन सक्छ । त्यसैले यसको उपचारमा ढिलाइ गर्नु हुँदैन। लक्षण देखिनासाथ तत्काल अस्पताल जाने वा चिकित्सकको परामर्श लिनु पर्दछ । निमोनियालाई हल्का रुपमा लिनु हुँदैन ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : २४ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि